2026-09-14 06:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका ग्रामिण क्षेत्रमा रहेका लघु जलबिद्युत आयोजना बन्द

कृष्ण बिष्ट । माग १८, बैतडी । बैतडीका ग्रामीण क्षेत्रमा रहेका लघु जलविद्युत् आयोजनाहरू पछिल्लो समयमा प्रयोग बिहिन रहेका छन । लामो समय सम्म पुनःनिर्माण नहुदा लघु जलबिद्युत आयोजनाहरु प्रयोग बिहिन रहेका हुन ।  

जिल्लामा रहेका १७ वटा लघुजलविद्युत आयोजना मध्ये अधिकांश बन्द अवस्थामा छन् ।

 जिल्लाको पञ्चेस्वर गाउपालिकामा बिगतमा गरिबि निवारण परियोजना बाट सञ्चालन भएका ३ वटा लघुजलबिद्युत मध्ये २ वटा पुर्णरुपमा बन्द भएका छन । वर्षाै देखि बन्द अवस्थामा रहेकाले पुनः निर्माण गर्न नसकिने अवस्थामा रहेको गाउपालिकाले जनाएको छ । पुनः सनर्माण गर्न ठुलो मात्रामा खर्च गुर्नुभन्दा राष्ट्रिय प्रसारणको लाइनलाई प्राथमिकता दिन लागिएको गाउपालिका उपाध्यक्ष बिना भट्टले बताइन ।

 यसै गरि सिगास गाउपालिकामा रहेका ७ वटा लघुजलविद्युत् मध्ये २ वटा पुर्ण रुपमा बन्द भएका छन भने ५ वटा लघुजलविद्युत् आयोजना भने निमार्णाधिन अवस्था रहेको सिगास गाउपालिका वडा न ४ का अध्यक्ष सेर सिह साउदले बताए । 

डिलाशैनी गाउपालिकामा ४ वटा लघुजलबिद्युत मध्ये एउटा लघु पुर्ण रुपमा बन्द रहेको छ भने ३ वटा लघुजलबिद्युत गाउपालिकाको लगानिमा निर्मणाधिन अवस्थामा रहेको गाउपालिका अध्यक्ष ओकेन्द्र बोहराले बताए । पुर्चाैडी नगरापलिकामा भने ३ वटै लघु जलबिद्युत आयोजना सञ्चालनमा रहेका छन । ३ लघु जलबिद्युत आयोजनाबाट १३ सय घरपरिवार लाभान्वित छन । 

४ नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा  ५ वटा स्थानिय तहका कार्यलयहरु अझै विद्युतको पहुँचमा पुग्न सकेका छैनन् । १ नगरपालिका र ४ गाउँपालिका विद्युत विहीन रहेका सम्वन्धित स्थानिय तहहरुले जनाएका छन् । स्थानीयतहमा विद्युत नपुग्दा दैनिक कामकाज गर्न समस्या हुने गरेको पञ्चेश्वर गाउपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताए ।

पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा अझै राष्ट्रिय प्रसारणको लाइन पुग्न सकेको छैन । विद्युत लाइन नहुँदा दैनिक कार्यसम्पादनमा समेत समस्या हुने गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउँदले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले