2026-10-10 06:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

को बन्ला हलेसी साईनो स्टार: टप ट्वान्टीको जजमा राधा र रेवत

चिसाङ शेर्पा । माघ २३, खोटाङ । एकल सांगितिक प्रतियोगिता ‘हलेसी’ साईनो स्टारको पाँचौ जिल्ला स्तरीय (लोक राउण्ड) अडिसनका लागि निर्णायक (जज) मा यूवा गायक रेवत राई र राधा राई रहने भएका छन् । भोटिङ चरणको पाँचौं अडिसन आगामी शनिबार (माघ २६) हुदैछ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका चिउरीडाँडाका रेवतले हालसम्म सयको हाराहारीमा गीत गाएका छन् भने, दर्जनबढी गीतमा संगीत भरेका छन् । उनको पग्ली जान्छ हिमाल, चारधाम, तिम्रो घरको, अलिकती प्रितको, जती चढौ, तिमी मेरो जिन्दगीको लगायतका गीत चर्चामा छ । यस्तै, संगीतमा मास्र्टड गरेकी साकेला गाउँपालिका–१ बाझेच्यानडाँडाकी राधाको खोपि राखौंला नि लै,लै, मारिदिए मायाले, लेक है बाट जस्ता गीत बजारमा आइसकेको छ ।

भोटिङ राउण्डमा रहेका बीसजना प्रतियोगीलाई जजले उत्कृष्ट १५ जनामा छनौट गर्ने हलेसी साईनो स्टारका संयोजक प्रमोद श्रेष्ठले बताए । प्रतियोगीलाई भोटिङको ४०, निर्णायकको ६० अंक दिइनेछ । जिल्लाभरीका कुनाकन्दरामा लुकेर रहेका प्रतिभालाई उजागर गरेर बिश्वसामू पुर्याउने उद्देश्यले साईनो कला केन्द्र दिक्तेल र हलेसी टाईम्स दैनिक पत्रिकाले गएको पुस ९ गतेदेखी आयोजना गरेको प्रतियोगिताका प्रथमले नगद ५५ हजार ५ सय ५५, गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा र प्रमाणपत्रका साथमा ट्रफि प्राप्त गर्नेछन् । यस्तै, द्धितीयले नगद ३० हजार, एक वर्ष संगीत कक्षा, प्रमाणपत्र, ट्रफि र तृतियले १५ हजार नगदसहित एक वर्ष संगीत कक्षा, प्रमाणपत्र र ट्रफि पाउनेछन् ।

को–को छन् टप ट्वान्टीमा

विना राई, रविन दियाली, वालकृष्ण राई, रोजिना राई, क्यूमिला राई, विनोद राई, सोम मगर, पर्शुराम गजमेर, एनिस एञ्जल राई, स्काई भरत मगर, संग्राम राई, विकास राई, करिश्मा राई, प्रणिसा विक, जोहनहाङ राई, पुस्कल राई, युवराज राई, कञ्चन राई, दिनेश राई र प्रदिप राई टप ट्वान्टीमा परेका छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय