2026-06-28 03:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा गाउँपालिकाको सूचना हेर्न मोबाइल एप्स संचालन

2019-02-06

माघ २३, बैतडी | आफ्नो कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी छिटो र सजिलो तरिकाले उपलब्ध गराउने उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । 

गाउँपालिकाले मङ्गलबारबाट गाउँपालिकाको मोबाइल एप्स शुरु गरेको सूचना प्रविधि अधिकारी जनकबहादुर विष्टले जानकारी दिनुभयो । एप्सबाट गाउँपालिकाका सूचनालगायत सबै क्रियाकपाल हेर्न र पढ्न सकिने भएको छ । गाउँपालिकाका कामबारे सुझाव, सल्लाह पनि एप्सबाटै दिन सकिनेछ । दोगडाकेदार नामक यो एप्स डाउनलोड गरेर प्रयोग गर्न सकिने गाउँपालिकाले जनाएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्रममार्फत गाउँपालिकामा मोबाइल एप्स सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । यसैबीच गाउँपालिकाले दुई विद्यालयमा सरसफाइका सामग्री वितरण गरेको छ । गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय र वडा नं ५ स्थित न्वाली मावि दोलीमा मङ्गलबार सरसफाइका सामग्री वितरण गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

विद्यालयमा अध्ययनरत छात्रछात्रालाई साबुन, कोलगेटदेखि लिएर कक्षा ८ सम्म छात्रालाई सेनेटरी प्याडसमेत वितरण गरिएको न्वाली स्वास्थ्यचौकीका प्रमुख नैनसिंह गोयलाले जानकारी दिनुभयो । 

विद्यालयमा फोहर व्यवस्थापनका लागि ‘डस्टबिन’, फोहर जलाउने ‘कन्टेनर’, पानी शुद्धीकरणका लागि फिल्टर लगायतका सामग्री वितरण गरिएको छ । नमूनाको रूपमा यो वर्ष गाउँपालिकाका दुई विद्यालयमा सरसफाइका सामग्री वितरण गरिएका र अन्य विद्यालयमा कार्यक्रम विस्तार गरिने गाउँपालिकाले जनाएको छ । 

सरसफाइ सामग्री वितरणका साथसाथै सचेतानमूलक कक्षा समेत सञ्चालन गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी