२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बैतडीकै पहिलो बाख्रा पालन श्रोतकेन्द्र स्थापना

२७ माघ २०७५, आईतवार १४:०५

कृष्ण बिष्ट | माघ २७, बैतडी | बैतडीमा पहिलो बाख्रा पालन श्रोतकेन्द्र स्थापना भएको छ ।  जिल्लाको पाटन नगरपालिका वडा नं १० ले वडालाई  बाख्रा पालनको क्षेत्रमा अब्बल तथा बाख्रा पालक किसानलाई आत्म निर्भर बनाउने उदेश्यले जिल्लाकै पहिलो बाख्रापालन सिद्धपुर बाख्रा पालन श्रोतकेन्द्र स्थापना गरीएको हो । पाटन १० बाख्रा पालन गर्नका लागि उपयुक्त क्षेत्रको रुपमा रहेको छ । यस नव स्थापित बाख्रा पालन श्रोतकेन्द्रलाई बाख्रा अनुवजांसीक विकास केन्द्र बुढीतोला कैलाली सँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरीएको वडा कार्यालयले जनाएको छ । 

गत बुधबार एक कार्यक्रमका बिच सिद्धपुर बाख्रा पालन श्रोतकेन्द्र स्थापना भएको हो । ब्यावासायिक बाख्रा पालक किसान पदम सिँह बोहराको संयोजकत्वमा ३ सदस्यीय मूल समिती गठन गरीएको छ । यस समितीमा वडाका बाख्रा पालक किसान सबै सदस्यको रुपमा रहने वडा अध्यक्ष देवेन्द्र कुवँरले जानकारी दिनुभयो । 

वडा नं १० भित्रका ब्यावसयिक बाख्रा पालन गर्ने किसानहरुले यस बाख्रापालन  श्रोतकेन्द्र मार्फत थुप्रै सहयोग प्रप्त गर्ने छन । वडा अध्यक्ष देवेन्द्र कुवँरका अनुसार यस बाख्रा पालन श्रोत केन्द्रबाट ब्यावसायिक किसानहरुलाई खोर ब्यावस्थापनको लागि प्रत्येक चार चार महिनामा तालिमको ब्यावस्था, निशुल्क रुपमा औषधी बितरण, नस्ल सुधारको लागि उन्नत जातका बोकाको ब्यावस्था र बजारीकरणमा समेत सहयोग पुर्याउने उहाले बताउनुभयो । 

वडा  नं १० मा बाख्रा पालन किसान धेरै रहेकोले ब्यावसयिक रुपमा अगाडी बढ्न चाहाने किसानहरुको यस श्रोत केद्रले सहजीकरण गर्ने बिश्वास लिएको स्थानिय मूल समितीकी कोषाध्यक्ष्य जानकी भट्टले बताउनुभयो । 

वडा कार्यालयले बाख्रा पालन सम्बन्धि बुधबार देखि एक हप्ते तालिमको समेत बयवस्था गरेको छ । वडाका २५ जाना किसानहरुलाइ पहिलो बाख्रा पालन सम्बन्धि गोठ ब्यावस्थापनको बारेमा बाख्रा अनुवजांसीक विकास केन्द्र बुढीतोला कैलालीको सहजीकणमा तालिमको पनि ब्यवस्था गरेको वडा कार्यालयल जनाएको छ । 

नगरपालिकाले पनि कृषीलाई प्राथगमिकतामा राखेकाले बाख्रा श्रोतकेन्द्रको रुपमा स्थापना हुनु सरहानिय पक्ष रहेको नगर प्रमुख केसव बहादुर चन्दले बताउनुभयो । ब्यावसायिक पशूपालक किसानहरुलाई नगरपालिकाले पनि सहयोग गर्ने उहाले बताउनुभयो । 


तस्बिरमा: वडा नं १० को कार्यालयमा सहभागी बाख्रा पालक किसान | तश्वीर: कृष्ण बिष्ट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो