२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कित्ताकाट रोकेकोमा स्थानीय असन्तुष्ट

३ फाल्गुन २०७५, शुक्रबार ०६:५६

फागुन ३, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रमा गुरुयोजना तयार नहुँदासम्म जग्गाको कित्ताकाट र घर नक्सा रोक्का गरेकोमा स्थानीयले विरोध जनाएका छन् । पूर्व जानकारीविनै नगरपालिकाले एक पक्षिय रुपमा जग्गाको कित्ताकाट र घर नक्सा रोक्का गरेकोमा विज्ञप्ती जारी गर्दै विरोध जनाएका हुन् ।


नगरपालिका भित्र अव्यवस्थित रुपमा जग्गा खण्डिकरण हुँदा चसो नदेखाउने तर एक्काशी रोक्का गर्दा स्थानीयले पाउनु पर्ने अधिकारमा अंकुश लगाएको आरोप जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘संघिय भुमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालयबाट पाएको अधिकारलाई निरंकुश तरिकाले जग्गा अधिकरण गरी व्यक्तिगत फाइदा लिने उदेश्यले सर्वसाधरणको मौलिक हनन गर्ने प्रयास गरिएको छ ।’ संघिय भुमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालययले प्रत्येक स्थानिय तहलाइ निर्धारित मापदण्ड र मौजुदा भु—उपयोगको अवस्था बारे कृषि क्षेत्र र गैर कृषि क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपन निर्देशन दिएको थियो । तर नगपालिकाले त्यहीँ निर्देशन अनुसार वीरेन्द्रनगरमा  जग्गाको कित्ताकाट र घर नक्सा रोक्का गरेको हो । 

स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नगरपालिका लगायतका सरोकारवाला निकायहरुमा बिहिबार ज्ञापन पत्र बुझाएको छ । विज्ञप्तीमा जति सक्दो चाँडो भुमी वर्गीकरण गरी भुमी व्यवस्थापनको गुरु योजना तयार पार्न अनुरोध पनि गरिएको छ । यता, वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर प्रदेशको राजधानी भएकाले व्यवस्थित शहरका रुपमा विकास गर्न रोक्का गरिएको जानकारी दिइन् । उनले प्रारम्भिक छलफलको काम शुरु भएकाले तत्कालका लागि जग्गाको कित्ताकाट र घर नक्सा रोक्का फुकुवा नहुने बताईन् । ‘जनताको हितकै लागि व्यवस्थित शहरका रुपमा विकास गर्ने ध्येय नगरपालिकाका हो’ ढकालले भनिन्, ‘केही महिनाभित्रै नगरपालिकालाई कस्तो रुपमा विकास गर्ने भन्ने विषयमा निष्कर्ष निकाल्ने तयारीमा जुटेको छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो