2026-10-15 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कित्ताकाट रोकेकोमा स्थानीय असन्तुष्ट

फागुन ३, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रमा गुरुयोजना तयार नहुँदासम्म जग्गाको कित्ताकाट र घर नक्सा रोक्का गरेकोमा स्थानीयले विरोध जनाएका छन् । पूर्व जानकारीविनै नगरपालिकाले एक पक्षिय रुपमा जग्गाको कित्ताकाट र घर नक्सा रोक्का गरेकोमा विज्ञप्ती जारी गर्दै विरोध जनाएका हुन् ।

नगरपालिका भित्र अव्यवस्थित रुपमा जग्गा खण्डिकरण हुँदा चसो नदेखाउने तर एक्काशी रोक्का गर्दा स्थानीयले पाउनु पर्ने अधिकारमा अंकुश लगाएको आरोप जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘संघिय भुमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालयबाट पाएको अधिकारलाई निरंकुश तरिकाले जग्गा अधिकरण गरी व्यक्तिगत फाइदा लिने उदेश्यले सर्वसाधरणको मौलिक हनन गर्ने प्रयास गरिएको छ ।’ संघिय भुमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालययले प्रत्येक स्थानिय तहलाइ निर्धारित मापदण्ड र मौजुदा भु—उपयोगको अवस्था बारे कृषि क्षेत्र र गैर कृषि क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपन निर्देशन दिएको थियो । तर नगपालिकाले त्यहीँ निर्देशन अनुसार वीरेन्द्रनगरमा  जग्गाको कित्ताकाट र घर नक्सा रोक्का गरेको हो । 

स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नगरपालिका लगायतका सरोकारवाला निकायहरुमा बिहिबार ज्ञापन पत्र बुझाएको छ । विज्ञप्तीमा जति सक्दो चाँडो भुमी वर्गीकरण गरी भुमी व्यवस्थापनको गुरु योजना तयार पार्न अनुरोध पनि गरिएको छ । यता, वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर प्रदेशको राजधानी भएकाले व्यवस्थित शहरका रुपमा विकास गर्न रोक्का गरिएको जानकारी दिइन् । उनले प्रारम्भिक छलफलको काम शुरु भएकाले तत्कालका लागि जग्गाको कित्ताकाट र घर नक्सा रोक्का फुकुवा नहुने बताईन् । ‘जनताको हितकै लागि व्यवस्थित शहरका रुपमा विकास गर्ने ध्येय नगरपालिकाका हो’ ढकालले भनिन्, ‘केही महिनाभित्रै नगरपालिकालाई कस्तो रुपमा विकास गर्ने भन्ने विषयमा निष्कर्ष निकाल्ने तयारीमा जुटेको छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो