२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गहुँबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित

६ फाल्गुन २०७५, सोमबार ०४:०३

फागुन ६, बैतडी | गहुँमा बाला लाग्ने समयमा बैतडीको पाटनमा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । 

जिल्लाको गहुँ फल्ने मुख्य खेतको रुपमा रहेको पाटन सेरामा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेको किसान शङ्करदत्त भट्टले बताउनुभयो । खेतमा लगाएको गहुँ फौजी कीराले पुरै नष्ट गरेको छ । 

पाटनको सेरोको नामले प्रख्यात खेतमा फौजी कीराले गहुँमा आक्रमण गरेकाले गहुँको उत्पादनमा कमी आउने किसानहरुले बताएका छन् । गहुँबालीमा फौजी कीराले आक्रमण गरेको विषयमा जानकारी भएको र नियन्त्रणका प्रयास भइरहेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । ३५० हेक्टरमा लगाइएको पाटनमा ५० भन्दा बढी किसानको खेत रहेको सेरामा फौजी कीराको प्रकोप देखिएको हो । 

गहुँबालीमा फौजी कीराको प्रकोपका विषयमा कृषि प्राविधिकहरुले अध्ययन गरेर माथिल्लो निकायमा पठाइसकेका छौँ उहाँले भन्नुभयो “गहुँमा बाला लाग्ने समयमा फौजी कीराको प्रकोप देखिएकाले नियन्त्रण गर्न भने निकै कठिन हुनेछ” गहुँ फल्ने मुख्य खेतमा फौजी कीराको प्रकोप देखिएकाले यो वर्ष गहुँ उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ । 

गहुँको उत्पादनमा वृद्धि गर्ने लक्ष्यसहित कृषि ज्ञान केन्द्र बैतडीले दार्चुला र बैतडीका विभिन्न ठाउँका किसानलाई निःशुल्क रुपमा उन्नत जातको गहुँको बीउ वितरण गरेको थियो । 

बैतडीमा २१ हजार ९०० हेक्टर जमीनमा गहुँ खेती हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य