Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

तपाईलाई थाहा छ ? बिदेश गएका कामदारको परिवारले पाउँछन् ५० हजारसम्मको उपचार (प्रक्रिया सहित)

By साझासवाल 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

फागुन ७, काठमाडौँ | कुनै कामदार ऐन तथा नियमावलीको व्यवस्था अनुसार वैदेशिक रोजगारमा गएको छ भने बैदेशिक रोजगार पर्वर्दन वोर्डले रु. १५००० देखि ५० हजारसम्मको स्वास्थ्य उपचारमा सहायता दिन्छ । कामदारको करार अवधि कायम रहेको अवस्थामा निजका परिवारका सदस्यलाई उक्त सहयोग दिने नीति छ ।

नियमानुसार विदेशमा रहेका नेपाली कामदारका परिवारले बढीमा एक पटकको लागि रु. १५ हजार देखि रु ५० हजार सम्म स्वास्थ्य उपचारमा सहयोग पाउन सक्छन ।

के छन् प्रक्रिया ?

१. वैदेशिक रोजगारको सिलसिलामा विदेशमा रहेका कामदारका परिवालाई उल्लेख भए अनुसारको रोग लागेमा अस्पतालमा जाँच गराउनु पर्ने छ ।

२. वैदेशिक रोजगारमा रहेको कामदारको राहदानीको फोटो भएको पाना, श्रम स्वीकृतीका स्टिकर भएको पाना र नेपालवाट विदेश जाँदा अध्यागमनले लगाएको arrival/departure को छाँप भएको पानाको छाँया प्रति मगाउने ।

३. वोर्ड सचिवालयमा उपलव्ध निवेदनको ढाँचामा विरामी स्वयम् उपस्थित भई तल उल्लेखित कागजात सहित निवेदन पेश गर्ने ।

४. वैदेशिक रोजगार विभागमा निवेदन दिई श्रम स्वीकृतिको पत्र तयार पार्ने । (निवेदनको ढाँचा विभागमा उपलव्घ हुने)

५. निवेदन तथा श्रम स्वीकृतीको पत्र वाहेक अन्य सम्पूर्ण कागजातहरुको छाँया प्रति (फोटो कपि) तयार गर्ने र सम्पूर्ण छाँया प्रतिहरुमा स्वीकृति प्राप्त नोटरी पव्लिकवाट नोटरी गराउने ।

६. तल उल्लेख भएका सम्पूर्ण कागाजत तयार गरी वोर्ड समक्ष्य निवेदन दिने । उक्त निवेदन विषेशज्ञ समिति समक्ष पेश हुने र उक्त समितिको वैठक आवश्यकता अनुसार वस्ने भएकोले यस्ता निवेदन उपर कारवाही हुन केही दिन लाग्ने हुन्छ । निवेदन उपर निर्णय भए पश्चात वोर्ड सचिवालयले निवेदकले निवेदनमा उल्लेख गरेको फोन नंम्वरमा सम्पर्क गराउने छन् ।

७. निर्णय भएको खवर प्राप्त भए पश्चात तोकिएको समयमा a/c Payee चेक तयार हुने छ सो वुझ्न निवेदकको पासपोर्ट साइजको फोटो एक र सक्कल नागरिक्ता वा जन्म दर्ता (नावालकको हकमा सहित सम्पर्क गर्नु पर्ने छ ।

निवेदनका साथ पेश गर्नुपर्ने काजगातहरु :-

१. रित पूर्वक भरेको निवेदन

२. कामदारको श्रम स्वीकृतीको प्रतिलिपि

३. बिरामीको पासपोर्टको प्रतिलिपि (श्रम स्वीकृतिको स्टीकर समेत देखिने)

४. कामदार विदेश गएको प्रमाणित हुने कागजात (राहदानीमा लगाएको Departure sticker

५. कामदार र विरामी विचको नाता खुल्ने प्रमाण

६. रोग स्पष्ट खुल्ने अस्पतालमा जाँच गराएको कागजात

७. विरामीको नागरीकाताको प्रतिलिपि (नावालकको हकमा जन्म दर्ताको प्रतिलिपि)

८. विरामीको १ प्रति पासपोट साइजको फोटो

९. विरामीलाई आर्थिक समस्या परेको स्व-घोषणपत्र

निवेदनको ढाँचा बोर्ड सचिवालयमा उपलव्ध छ ।

रितपूर्वक प्राप्त भएका निवेदनहरुलाइ विशेषज्ञ समितिको वैठकमा पेश गरि विशेषज्ञ समितिको निर्णयानुसार उपचार खर्च उपलव्ध गराइने ।

थप जानकारीको लागि:-

वैदेशिक रोजगारी प्रवर्द्धन बोर्ड

नयाँ बानेश्वर, काठमाडौँ

फोन: ००१-४१०५०६८, ४१०५०६२

निशुल्क फोन: १६६००१-५०००५

इमेल: [email protected]