२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

प्रदेश नं ५ को स्थायी राजधानी टुङ्गो लगाउन सुझाव सङ्कलन

८ फाल्गुन २०७५, बुधबार ०९:५५

युवराज पाण्डे | फागुन ८, खस्यौली | अब तपाइँलाई प्रश्न आउन सक्छ, प्रदेश नं ५ को प्रशासनिक अनुकूलता कस्तो हुनुपर्ला ? स्थायी राजधानीको जमीन कसरी प्राप्त गर्न सकिन्छ ? 

प्रदेश नं ५ को नामकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिले बिहीबारदेखि शुरु गर्ने सुझाव सङ्कलनमा स्थानीय, कार्यालय प्रमुख, कर्मचारीलगायतलाई ती प्रश्न गरेर विशेष समितिले प्रतिवेदन तयार गर्दैछ । प्रदेश नं ५ को नामकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिले नामकरण सम्बन्धमा तीन र स्थायी राजधानी सम्बन्धमा आठ प्रश्नावली निर्माण गरेर प्रदेशभरका विभिन्न जिल्लाबाट सुझाव सङ्कलन गरिने समितिका संयोजक दीपेन्द्र पुनले जानकारी दिनुभयो । 

“विभिन्न ठाउँबाट आएका सुझावलाई एकीकृत गरी मौसमविद्, भौगर्भिकविद्, सुरक्षाविद्लगायतसँग समेत छलफल गर्ने छाँै”, उहाँले भन्नुभयो । संयोजक पुनले सुझाव सङ्कलन कार्य १८ गतेसम्म जारी रहने जानकारी दिँदै सांस्कृतिक पहिचानको आधारलाई पनि प्रश्नावलीमा समावेश गरिने बताउनुभयो । संयोजक पुन रोल्पा जिल्लाबाट प्रदेश नं ५ को प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुन्छ । बाह्र जिल्लाका लागि सुझाव सङ्कलन गर्न छ समूह निर्माण भएको बताइएको छ । 

प्रदेश नं ५ को नामकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिका सदस्य विष्णु पन्थीले राजधानी तथा नामकरणको विषय सामान्य भएको उल्लेख गर्दै जनताभन्दा पनि बढी नेताको अनुकूलताको विषय बन्न खोजेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “राजधानी हुने बित्तिकै सबै हुन्छ वा राजधानी नहुने बित्तिकै सबै गुम्छ भन्ने मनोविज्ञान गलत हो ।” विशेष समितिका सदस्य पन्थी कपिलवस्तु जिल्लाबाट प्रदेश नं ५ को प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुन्छ । 

प्रदेश नं ५ को नामकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिका अर्का सदस्य तुल्सी चौधरीले नामकरण तथा स्थायी राजधानीको विषय राजनीतिक दल र प्रदेशसभामा गहन छलफल नभएको उल्लेख गर्दै केही अपवादबाहेक प्रदेशसभा र विभिन्न समितिको बैठकमा सहमतिको साथ अघि बढिएको छ भन्नुभयो । 

उहाँले स्थायी राजधानी र नामकरणको विषय यस क्षेत्रको आम सरोकारको विषय भएकाले फरकफरक विचार र दृष्टिकोण आउनु स्वभाविक भएको बताउनुभयो । सदस्य चौधरीले भन्नुभयो, “जुन प्रक्रियाबाट हामी अघि बढेका छौँ, सुझाव सङ्कलन भएपछि स्थायी राजधानी र नामकरणको विषय टुङ्गो लाग्छ । 

प्रदेश नं ५ को नामकरण तथा स्थायी राजधानी तोक्न सिफारिस विशेष समितिले चार महीनाको अवधिमा मात्रै संयोजक तोकेको थियो । तीन महीनाको अवधिमा प्रदेश नं ५ को नामकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिको प्रतिवेदन तयार गर्ने भनिए पनि समयावधि समाप्त भएपछि पुनः मङ्सिरको अन्तयताका प्रदेशसभाबाट विशेष समितिको म्याद थप भएको थियो । विशेष समितिमा १५ प्रदेशसभाका सदस्य हुनुहुन्छ ।

नेपालको संविधानको धारा २८८ को उपधारा २ बमोजिम प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धित प्रदेशसभाले निर्णय गरेबमोजिम हुने व्यवस्था छ । प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको राजधानी र नामकरण गर्ने संवैधानिक व्यवस्था छ । पछिल्लो समय प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीको विषय पेचिलो हँुदै गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे