२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सातै प्रदेशका प्रदेश स्तरीय श्रम तथा रोजगार कार्यालयहरु (सम्पर्क नम्बर सहित)

८ फाल्गुन २०७५, बुधबार १५:१७

सास | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन प्रदेश ३ को काठमाडौँ सहित बाहिरका सबै प्रदेशमार्यालयको व्यवस्था गरेको छ । 

सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृतिका लागि सबै प्रदेशमा श्रम स्वीकृतिको सेवा दीईरहेको छ । सरकारले वैदेशिक रोजगारमा जाने कामदारको चापलाई कम गर्न काठमाडौँबाट मात्र नभई प्रदेश पिच्छे विकेन्द्रित कार्यालयहरु खोलेको हो । प्रदेश अन्तर्गतका कार्यालयबाट काम शुरू भएपछि काठमाडौँ पुग्नुपर्ने र दुई/चार दिन बसेर काम गर्नुपर्ने बाध्यता हटेको छ । 

प्रदेशमा खुलेका श्रम कार्यालयहरुले वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन गर्ने, सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने र गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेजस्ता काम गर्दछ ।

कुन प्रदेशको श्रम कार्यालय कहाँ ? (सम्पर्क नम्बर सहित)

प्रदेश न. १ 

ठेगाना: तीनपैनी, बिराटनगर 

फोन न.: ०२१-४६३०२०, ०२१-४६३०२४

कार्यालय प्रमुख: श्री प्रेमप्रसाद संजेल 

प्रदेश न. २

ठेगाना: क्याम्पस चोक, जनकपुर 

फोन न.: ०४१-५२०१३५

कार्यालय प्रमुख: श्री मनोज कुमार यादव

बाग्मती प्रदेश

ठेगाना: ताहाचल, काठमाडौँ 

फोन न.: ०१-४०३०६६७ 

कार्यालय प्रमुख: श्री देवेन्द्र कार्की 

गण्डकी प्रदेश 

ठेगाना: पार्दी, सहिदचोक, पोखरा

फोन न.: ०६१-४६६८२२ 

कार्यालय प्रमुख: श्री गणेश प्रसाद श्रेष्ठ

लुम्बिनी प्रदेश

ठेगाना : व्यावसायिक सीप विकास तालिम प्रतिष्ठान रामनगर, बुटवलको भवनमा

बुटवल, रुपन्देही

फोन :  ०७१-५०३२८१

इमेल : [email protected]

कार्यालय प्रमुख: श्री उमेश शर्मा

कर्णाली प्रदेश

ठेगाना: कालिन्चोक, विरेन्द्रनगर, सुर्खेत 

फोन न.: ०८३-५२०३२४, ०८३-५२४२७२

कार्यालय प्रमुख: श्री श्यामकृष्ण आचार्य

सुदुरपश्चिम प्रदेश

ठेगाना: हसनपुर्, धनगढी

फोन न.: ०९१-४१२०२९

कार्यालय प्रमुख: श्री कृष्णनन्द जोशी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य