कृष्ण बिष्ट । फागुन ९, बैतडी । बैतडीमा युवती र महिलाहरु हराउने क्रम बढ्न थालेको छ । ०७५ बैशाख देखि माग मसान्त सम्म बैतडीबाट ३२ जना महिला हराएको जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष २०७४÷०७५ मा ३५ जना युवती र महिला हराएका छन् भने २०७५ को बैशाख देखि माग मसान्त सम्म ३२ जना महिला हराएको जिल्ला प्रहरिकार्यालयका डिएसपी नेत्रमणि गिरीले जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको १० महिनाको अवधिमा बैतडीबाट ६७ महिला र युवति हराएको जिल्ला प्रहरि कर्यालय बैतडीले जनाएको छ । महिला र युवती हराएपछि प्रहरीलाई खोजी गरिदिन निवेदन आउने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख गिरीले बताउनुभयो ।
जिल्ला प्रहरी बैतडीका अुसार हराएका महिलामध्ये अहिलेसम्म १० जना मात्र फेला परेको र फेलापरेका महिलाहरुको उद्धार गरि सम्बनधीत स्थानियको जिम्मा लगाइ सकेको बताउनुभयो । १० जनाको उद्धार भइसके पनि अझै ५७ जना महिलाहरु बेपत्ता रहेको जनाइएको छ ।
खुला सिमाना भारत भएका कारण र रोजगारी देखि समान्य उपचारसम्म भारत जानुपर्ने बाध्यताका कारण महिलाहरु बेचबिखनमा परेको हुन सक्ने जिल्ला प्रहरि कर्यालय बैतडीका प्रहरी उपरिक्षक गीरीको भनाइ छ ।
अहिलेसम्म १० जना मात्र फेला परेको र फेलापरेका महिलाहरुको उद्धार गरि सम्बनधीत स्थानियको जिम्मा लगाइ सकेको बताउनुभयो । १० जनाको उद्धार भइसके पनि अझै ५७ जना महिलाहरु बेपत्ता रहेको जनाइएको छ ।
खुला सिमाना भारत भएका कारण र रोजगारी देखि समान्य उपचारसम्म भारत जानुपर्ने बाध्यताका कारण महिलाहरु बेचबिखनमा परेको हुन सक्ने जिल्ला प्रहरि कर्यालय बैतडीका प्रहरी उपरिक्षक गीरीको भनाइ छ ।