पढ्न करिब 2 मिनेट लाग्छ

कृष्ण बिष्ट | फागुन ११, बैतडी | बैतडीमा बाख्रामा लाग्ने पिपिआर बिरुद्धको खोप सञ्चालन गरीएको छ । पिपिआर रोगलाई निर्मुल पार्नको लागि जिल्लामा यस बिरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गरीएको हो ।

भेटनरि अस्पताल तथा पशुबिज्ञ केन्द्र बैतडीका अनुसार महामारीको रुपमा फैलिएका सिगास गाउपालिकामा पिपिआर बिरुद्धको खोप लगाइसकेको र अहिले दशरथचन्द नगरपालिकामा सञ्चालनमा रहेको छ । दशरथ चन्द दगरपालिकाको वडा न.१ र २ मा बाख्रामा पिपिआर बिरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन भइरहेको छ । वडा न.१ र २ मा ३ सय भन्दा बढि बाख्रामा पिपिआर रोग बिरुद्धको खोप लगाइएको जनाइएको छ ।

भेटनरी अस्पताल तथा पशुबिज्ञ केन्द्र बैतडीको कार्यक्रम अनुसार शुक्रबार देहिमाण्डौ र गुरुखोलाका कृषकहरुले पालेका बाख्राहरुमा खोप लगाइएको पशु प्राबिधिक मदन सिंह महराले बताउनुभयो । १ हप्ता सम्म यहाँका सबै खसि बोका तथा बाख्रामा खोप लगाइने उहाँले बताउनुभयो । भेटनरी अस्पताल तथा पशुबिज्ञ केन्द्र बैतडी र वडा कार्यालयको समन्वयमा यो कार्यक्रम लागु भएको पशु प्राबिधिक मदन सिंह महराले बताउनुभयो ।

जिल्लाका बिभिन्न ठाउँहरुमा भेडाबाख्रामा बिभिन्न किसीमका रोगहरु देखा पर्ने गरेको र बाख्राहरु मर्ने गरेकोले यो पिपिआर बिरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गरेको महराले जानकारी दिनुभयो । यस प्रकारको खोप लगाईदिदा कृषकहरु खुसी पनी भएका छन । यस्तै पिपिआर बिरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन भैरहेकाले सबै कृषले आफ्ना बाख्राहरुमा खोप लगाउन भेटनरि अस्पताल तथा पशुबिज्ञ केन्द्र बैतडीले पनी आग्रह गरेको छ ।

गत पुसमा जिल्लाको सिगास गाउपालिमा यस रोगले सय भन्दा बढि बाख्राहरु मरेका थिए । त्यस लगत्तै पशुबिज्ञ केन्द्रले पिपिआर बिरुद्धको खोप सञ्चालन गरेको थियो । यो कार्यक्रम जिल्लाका अन्य ठाउहरुमा पनि सञ्चालन हुने जनाइएको छ ।