२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बाख्रामा लाग्ने पिपिआर बिरुद्धको खोप सञ्चालन

११ फाल्गुन २०७५, शनिबार ०५:५६

कृष्ण बिष्ट | फागुन ११, बैतडी | बैतडीमा बाख्रामा लाग्ने पिपिआर बिरुद्धको खोप सञ्चालन गरीएको छ । पिपिआर रोगलाई निर्मुल पार्नको लागि जिल्लामा यस बिरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गरीएको हो ।


भेटनरि अस्पताल तथा पशुबिज्ञ केन्द्र बैतडीका अनुसार महामारीको रुपमा फैलिएका सिगास गाउपालिकामा पिपिआर बिरुद्धको खोप लगाइसकेको र अहिले दशरथचन्द नगरपालिकामा सञ्चालनमा रहेको छ ।  दशरथ चन्द दगरपालिकाको वडा न.१ र २ मा बाख्रामा पिपिआर बिरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन भइरहेको छ । वडा न.१ र २ मा ३ सय भन्दा बढि बाख्रामा पिपिआर रोग बिरुद्धको खोप लगाइएको जनाइएको छ ।


भेटनरी अस्पताल तथा पशुबिज्ञ केन्द्र बैतडीको कार्यक्रम अनुसार शुक्रबार देहिमाण्डौ र गुरुखोलाका कृषकहरुले पालेका बाख्राहरुमा खोप लगाइएको पशु प्राबिधिक मदन सिंह महराले बताउनुभयो । १ हप्ता सम्म यहाँका सबै खसि बोका तथा बाख्रामा खोप लगाइने उहाँले बताउनुभयो । भेटनरी अस्पताल तथा पशुबिज्ञ केन्द्र बैतडी र वडा कार्यालयको समन्वयमा यो कार्यक्रम लागु भएको पशु प्राबिधिक मदन सिंह महराले बताउनुभयो । 

जिल्लाका बिभिन्न ठाउँहरुमा भेडाबाख्रामा बिभिन्न किसीमका रोगहरु देखा पर्ने गरेको र बाख्राहरु मर्ने गरेकोले यो पिपिआर बिरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गरेको महराले जानकारी दिनुभयो । यस प्रकारको खोप लगाईदिदा कृषकहरु खुसी पनी भएका छन । यस्तै पिपिआर बिरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन भैरहेकाले सबै कृषले आफ्ना बाख्राहरुमा खोप लगाउन भेटनरि अस्पताल तथा पशुबिज्ञ केन्द्र बैतडीले पनी आग्रह गरेको छ ।

गत पुसमा जिल्लाको सिगास गाउपालिमा यस रोगले सय भन्दा बढि बाख्राहरु मरेका थिए । त्यस लगत्तै पशुबिज्ञ केन्द्रले पिपिआर बिरुद्धको खोप सञ्चालन गरेको थियो ।  यो कार्यक्रम जिल्लाका अन्य ठाउहरुमा पनि सञ्चालन हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो