२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरी बास्सैका राजु मास्टरको फेसबूक ह्याक, सबैलाई गरे यस्तो आग्रह

११ फाल्गुन २०७५, शनिबार ११:५१

फागुन ११, काठमाडौं । मेरी बास्सैका हाँस्यकलाकार राजु पौडेल अर्थात मेरी बास्सैका राजु मास्टरको फेसबूक ह्याक भएको छ । विगत ९ वर्षदेखि प्रयोग गर्दै आएको फेसबूक ह्याक भएपछि उनले प्रहरीमा उजुरी दिएका छन् । 


पौडेलले आफ्नो फेसवुक शुक्रवार वेलुकी ६ वजेवाट ह्यक भएको बताएका छन् । ह्याकरले राजु मास्टरको फेसबूक ह्याक गरि विभिन्न अश्लिल दृश्यहरु पोष्ट गरिरहेको छ । उनको ह्याक भएको फेसवुकमा कोरिएन भाषाका शव्द लेखिएको कारण कोरियावाट ह्याक भएको अनुमान गरिएको छ । 

फेसवुक ह्याक भएर अनावश्यक तस्वीरहरु पोष्टहरु हुन थालेपछि समस्या सिर्जना भएर पौडेलले प्रहरीको टेकुस्थित कार्यालयमा विद्युतिय कारोवार ऐन अन्र्तगत छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै उजुरी दिएका छन् । उनले आफ्नो फेसवुक ह्याक भएर हजारौं शुभचिन्तकहरुलाई सचत गराउंदै नयां फेसवुक खोलिएको र पुरानो फेसवुक आइडिमा व्लक गरिदिन सवैमा अनुरोध गरेका छन् । 

पछिल्लो समय विभिन्न चर्चित व्यक्ति, सेलिब्रिटीहरुको फेसबुक ह्याक हुने क्रम बढेको छ । फेसवुक ह्याक भएपछि कलाकारले प्रहरी गुहार्नु परेको छ । वर्षदेखि प्रयोग गर्दै आएको आफ्नो फेसवुक ह्याक भएपछि चर्चित हास्य कलाकार राजु पौडेल उर्फ राजु पौडेलले प्रहरीको साहारा लिएका छन् । चर्चित हास्य टेलिश्रृंखला मेरी वास्सैका निर्देशकसमेत रहेका हास्य कलाकार राजु मास्टरको पांच हजार भन्दा वढि साथी र नौहजार भन्दा वढि फलोअर्स रहेको उनको जानकारीमुलक फेसवुक ह्याक भएपछि दोषीलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ