२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

सबै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, प्रदेश नम्वर २ को नतिजा हेर्नुहोस्

१३ फाल्गुन २०७५, सोमबार १३:३२

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्यता र मापदण्ड पुगेका २ हजार २ सय ६२ जनाको प्रारम्भिक सूची माघ २८ गते प्रकाशन गरेको थियो । प्रारम्भिक सूचीमा रहेका २ हजार २ सय ६२ परीक्षार्थीको शनिवार र आइतबार कम्प्युटर सीपमा आधारित परीक्षा लिइएको थियो ।  सो परीक्षामा उत्तिर्ण हुन ५० पूर्णाङ्कमा कम्तीमा २५ अंक प्राप्त गरेकाहरुको योग्यताक्रम अनुसार नाम प्रकाशित गरिएको छ। 

अन्तिम छनौटमा परेका उम्मेदवारहरूलाई योग्यताक्रम अनुरूप आफुले रोजेको स्थानीय तहमा काम गर्ने छनौटको अवसर दिई सात दिनभित्र करार सम्झौता गरी तोकिए बमोजिमको जिम्मेवारी बहन गर्न सम्बन्धित स्थानीय तह (नगरपालिका र गाँउपालिका) मा खटाईने व्यवस्था मिलाईएको छ। 

योग्य र सीपयुक्त कर्मचारीलाई शतप्रतिशत निष्पक्ष र पारदर्शी तरिकाले भर्ना गर्नको लागि पहिलो पटक पूर्णतः विद्युतीय भर्ना प्रणाली अवलम्बन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  रोजगार संयोजकको छनौटका लागि श्रम मन्त्रालयका सचिवको संयोजकत्वमा लोक सेवा आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरूको प्रतिनिधित्व भएको एउटा पदपूर्ति निर्देशक समितिको गठन गरिएको थियो। त्यसैगरी प्रदेशगत रूपमा आवेदन माग गरिएकोले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिवज्यूहरूको संयोजकत्वमा मापदण्ड बमोजिमको प्रदेशगत छनौट समिति समेत गठन गरी छनौट प्रक्रिया सम्पन्न गरिएको थियो । 

छनौट भएका उम्मेदवारहरूले शिघ्र यस मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रममा सम्पर्क राख्नु हुन जानकारी गराईएको छ। विद्युतीय भर्ना प्रणालीबाट छनौट भएका तथा अन्य प्रतिस्प्रर्धी उम्मेदवारहरूले प्राप्त गरेको अंक देखिने गरी विस्तृत जानकारीको विवरण प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाईटमा उपलब्ध गराईएको छ ।

प्रदेशगतरूपमा रोजगार संयोजकको पदको माग संख्या, आवेदकको संख्या, प्रारम्भिकसूचीमा समावेश संख्या, कम्प्युटर सीप परिक्षणको परीक्षामासहभागी संख्यार छनौट भएका रोजगार संयोजकहरूको संख्या देहाय बमोजिम रहेको छ । 


प्रदेश २ को Section Officer Province2 को नतिजा हेर्नुहोस्



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ