2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

सामाजिक परिचालनका समस्या समाधान गर्न कार्ययोजना सहित लाग्नुपर्छ: कटेल

प्रज्वल पौडेल/भाद्र ११,
रामेछाप ।
 जिल्ला विकास समिति रामेछापका सामाजिक विकास अधिकृत गोबिन्द कटेलले पछिल्लो समय
सामाजिक परिचालनमा देखिएका समस्याहरु केही कमी भएको बताएका छन् ।

सदरमुकाम मन्थलीमा स्थानीय शासन
तथा सामुदायिक विकास कार्यक्रमका सरोकारवाला तथा स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजना बीचको
समन्वय कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन् । अधिकृत कटेलले समस्यालाई पहिचान गर्दै सुधारको लागि
स्थानीय सेवा प्रदायकहरु कार्य योजना सहित लाग्नुपर्ने बताएका छन् ।

त्यसैगरि स्थानीय शासन तथा
सामुदायिक विकास कार्यक्रमका जिल्ला शासन विज्ञ दिनेश कोइरालाले सोचेजति सामाजिक परिचालकहरुले कार्य
नगरेको साथै सबै जिम्बेवार स्थानीय सेवा प्रदायकहरुलाई दिइसकेको हुँदा उपलब्धि ल्याउने गरी काम गर्नु
पर्नेमा जोड दिए ।

कार्यक्रममा स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजना जिल्ला परियोजना
सहयोग इकाई रामेछापका जिल्ला संयोजक उमङ्ग मैनालीले चालु आ.व २०७२/०७३ मा जिल्लाका ४५ गाविस तथा
नगरपालिकाहरुमा कार्यक्षेत्र बनाई कार्यक्रम संचालन हुने बताएका छन् ।

कार्यक्रममा सामाजिक
परिचालकहरुको लागि नागरिकहरुको लागि अधिकारयुक्त सेवा तथा सुविधा, स्थानीय निकाय स्रोत परिचालन तथा
ब्यवस्थापन कार्यविधि ,सहभागीतात्मक योजना तर्जुमा प्रक्रिया र प्रस्तावना लेखनको तालिम संचालन गरी
सामाजिक परिचालकहरुको माध्यमबाट रिफ्लेक्टमा उक्त विषयमा कक्षा संचालन गरिने बताए ।

त्यसैगरि
महिला सामुदायिक स्वयंसेवक तथा रिपोटरहरु छनौट गरी विपन्न वर्गको लागि प्रस्तावना लेखनमा सहयोग गर्ने
लगाएतका कार्यक्रमहरु रहेको जानकारी दिए ।

परियोजनाले संचालन गर्ने सामाजिक परिचालनसँग सम्बन्धित
विभिन्न गतिविधिहरुको बारेमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका प्रतिनिधि तथा जिल्लाका
कार्यक्रम संचालन गरिरेका स्थानीय सेवा प्रदायकहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना
गरिएको बताइएको छ ।

कार्यक्रममा नयाँ नागरिक सचेतना केन्द्रहरु स्थापनाको कार्य छिटो सम्पन्न
गर्ने, सामाजिक परिचालनको अनुगमनलाई ब्यवस्थित वनाउने लगाएतका निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई