२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

सामाजिक परिचालनका समस्या समाधान गर्न कार्ययोजना सहित लाग्नुपर्छ: कटेल

११ भाद्र २०७२, शुक्रबार ०६:०२

प्रज्वल पौडेल/भाद्र ११,
रामेछाप ।
 जिल्ला विकास समिति रामेछापका सामाजिक विकास अधिकृत गोबिन्द कटेलले पछिल्लो समय
सामाजिक परिचालनमा देखिएका समस्याहरु केही कमी भएको बताएका छन् ।

सदरमुकाम मन्थलीमा स्थानीय शासन
तथा सामुदायिक विकास कार्यक्रमका सरोकारवाला तथा स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजना बीचको
समन्वय कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन् । अधिकृत कटेलले समस्यालाई पहिचान गर्दै सुधारको लागि
स्थानीय सेवा प्रदायकहरु कार्य योजना सहित लाग्नुपर्ने बताएका छन् ।

त्यसैगरि स्थानीय शासन तथा
सामुदायिक विकास कार्यक्रमका जिल्ला शासन विज्ञ दिनेश कोइरालाले सोचेजति सामाजिक परिचालकहरुले कार्य
नगरेको साथै सबै जिम्बेवार स्थानीय सेवा प्रदायकहरुलाई दिइसकेको हुँदा उपलब्धि ल्याउने गरी काम गर्नु
पर्नेमा जोड दिए ।

कार्यक्रममा स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजना जिल्ला परियोजना
सहयोग इकाई रामेछापका जिल्ला संयोजक उमङ्ग मैनालीले चालु आ.व २०७२/०७३ मा जिल्लाका ४५ गाविस तथा
नगरपालिकाहरुमा कार्यक्षेत्र बनाई कार्यक्रम संचालन हुने बताएका छन् ।

कार्यक्रममा सामाजिक
परिचालकहरुको लागि नागरिकहरुको लागि अधिकारयुक्त सेवा तथा सुविधा, स्थानीय निकाय स्रोत परिचालन तथा
ब्यवस्थापन कार्यविधि ,सहभागीतात्मक योजना तर्जुमा प्रक्रिया र प्रस्तावना लेखनको तालिम संचालन गरी
सामाजिक परिचालकहरुको माध्यमबाट रिफ्लेक्टमा उक्त विषयमा कक्षा संचालन गरिने बताए ।

त्यसैगरि
महिला सामुदायिक स्वयंसेवक तथा रिपोटरहरु छनौट गरी विपन्न वर्गको लागि प्रस्तावना लेखनमा सहयोग गर्ने
लगाएतका कार्यक्रमहरु रहेको जानकारी दिए ।

परियोजनाले संचालन गर्ने सामाजिक परिचालनसँग सम्बन्धित
विभिन्न गतिविधिहरुको बारेमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका प्रतिनिधि तथा जिल्लाका
कार्यक्रम संचालन गरिरेका स्थानीय सेवा प्रदायकहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना
गरिएको बताइएको छ ।

कार्यक्रममा नयाँ नागरिक सचेतना केन्द्रहरु स्थापनाको कार्य छिटो सम्पन्न
गर्ने, सामाजिक परिचालनको अनुगमनलाई ब्यवस्थित वनाउने लगाएतका निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ