२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा झुटा विवरण पेश गरी गैह्र पिडितले राहत बुझेको खुलासा

१४ भाद्र २०७२, सोमबार ०२:१३

प्रज्वल पौडेल/भदौ १४, रामेछाप ।
सरकारले भुकम्प पिडितलाई दिएको परिचय पत्र र अस्थायी आवास
निर्माणका लागी दिइएको रकम गलत विवरण पेश गरी बुझ्नेहरु रामेछापमा निकै रहेको पाइएको छ ।

राजनीतिक दलका प्रतिनिधी र वडा संयोजकको मिलेमतोमा गैरपिडितलाई राहत रकम वितरण भएको गुनासो र
उजुरीले यस्तो देखाएको हो । जिल्लाका नगरपालिका तथा गाविसमा गैह्रपिडितले राहत रकम लिएको भन्दै प्रशस्त
उजुरी परेपछि जिल्ला प्रशासन कार्यलय रामेछापले भदौ १५ गते भित्र झुटा विवरण पेश गरी लिएको राहत रकम
फिर्ता गर्न आग्रह गरेको छ ।

रामेछाप जिल्लामा झुटा विवरण पेश गरी रकम लिनेमा २ नगरपालिकासहित
सैपु, भुजी, कुभुकास्थली, प्रिति, ठोसे, बाम्ती, गेलु, भिरपानी, बेताली, देउराली, फूलासी, पकरबास,
मझुवा, गागल भदौरे, खाँडादेवी, दिमीपोखरी, पिङ्खुरी, लखनपुर, हिमगंगा लगाएतका गाविसबासी रहेको जिल्ला
प्रशासन कार्यलयले उजुरीका आधारमा जनाएको छ । उजुरीको संख्या बढ्न थालेपछि जिल्ला दैवीप्रकोप उद्धार
समितिले आवश्यक छानवीन गर्न नगरपालीका र गाविसलाई पत्र पठाइसकेको छ ।

यता सैपु गाविसमा झुटा
विवरण पेश गरी गैरपिडितले राहत लिएको उजुरी जिल्ला प्रशासन कार्यलय रामेछाप र राष्ट्रिय सर्तकता केन्द्र
सिंहदरबारमा परेपनि स्थानीय राजनीतिक दल र वडा संयोजकले गैह्रपिडितलाई रकम नदिएको दावी गर्दै जिल्ला
प्रशासनमा निर्णय पठाएका छन् ।

केहीले बर्षौ देखि छुट्टिएर बसेपनि राहत नपाएको र अधिकांश घर
नभएका, विवाह नगरेका छोराहरु र गाविसमै नबस्नेहरुले समेत छुट्टा छुट्टै घरधुरी कायम गरि राहत रकम लिएको
स्थानीयले बताएका छन् ।

राजनैतिक दलले आफ्ना कार्यकर्तालाई पहँचका आधारमा राहत उपलब्ध गराएको
स्थानीयको गुनासो छ । प्रशासनले छुट्टै छानविन गरे उजुरीमा परेका नाम बाहेक अन्य व्यक्तिहरुले राज्यले
बनाएको नीति नियमलाई मिचेर राहत रकम बुझेको भेटिने उनीहरुको भनाई छ ।

राजनैतिक दलका
प्रतिनिधीहरुले भने वडा संयोजकमार्फत आएका विवरण आफहरुले सदर गरेको बताएका छन् । गाविसमा केहि व्यक्तिले
झुटा विवरण पेश गरी परिचयपत्र बनाउन आएको जानकारी पाएपनि दबाबका कारण रोक्न नसकेको स्वीकार गरेका छन् ।
सैपु गाविसमा भएको वेथितिबारे प्रशासनमा २६ र राष्ट्रिय सतर्कता केन्द्रमा ९ जनाको नाममा उजुरी परेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य