2026-10-10 07:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाल गायिका लिजा लामा ब्यबसायिक संगीतमा फड्को मार्दै

फागुन २२, काठमाडौँ | “मलाई नेपाली चेली भन्दा सुहाएकै छ” बोलको गित बाट सांगीतिक यात्रा सुरु गरेकी तथा साङ्गीतिक नक्षत्रमा आफुलाई अब्बल बनाउन कोसिसरत नाम हो लिजा लामा । कलिलो उमेरमा नै गायन क्षेत्रमा प्रवेश गरेर सबैको मन जित्न सफल बालगायिका हुन् लिजा l  जादुमय आवाजको धनि उनि संगीतलाई सरस्वतिको प्रसाद ठान्छिन् ।

आधुनिक तथा राष्ट्रिय गीत गाएर राष्ट्रिय भेष भुषा तथा शान्तिको सन्देश दिँदै अगाडी बढ्दै छिन बाल गायिका लिजा लामा । सुदेशा बिद्यालय नख्खुमा कक्षा ७ मा अध्ययनरत लिजा लामा भर्खर १३ वर्ष मात्र लागिन् । चार वर्षको उमेरदेखि नै गीत गुनगुनाउन थालेकी लिजाको प्रतिभाले अहिले आएर नेपाली साङ्गीतिक क्षेत्रमा कमाल देखाउन थालेको छ ।

आधुनिक, लोक र पप गीतसम्म गाउन सक्ने लिजाले हालै “मलाई नेपाली चेली भन्दा सुहाएकै छ”  नामक गितको म्युजिक भिडियो समेत बजारमा ल्याएकी छिन । सानै उमेरदेखि आफ्नै बिद्यालयमा संगीत सिक्दै अध्ययनमा लागेकी लिजा भविश्यमा चर्चित गायिका बन्न चाहन्छिन् ।आफू गायन क्षेत्रमा प्रवेश गर्नुको श्रेय आफ्नो बाबालाइ दिने बाल गायिका लिजा लामा निर्माता निर्देशक बाबा राजु लामाको प्रेरणा बाट साङ्गीतिक क्षेत्र प्रवेश गरेकी हुन् ।

भर्खरै मात्र ब्यबसायिक संगीतमा प्रवेश गरेकी गायिका लिजाले गीतकार तथा संगीतकार दिपक रमणको नयाँ गित “मखमली चोली साह्रै टिम्मिकै भन्छन है मोरी क्या साह्रो गोरी” मा रु-२५०००(पच्चीस हजार) पारिश्रमिक लिएर दोश्रो गित रेकर्ड गराएकी छिन l सानै उमेरमा यति धेरै पारिश्रमिक लिएर गायन पेशामा फड्को मारेकी बाल गायिका लिजाको सांगीतिक भबिष्य उज्जवल देख्न सकिन्छ l

उनि भन्छिन यसमा मेरो बुवा निर्माता निर्देशक राजु लामा र ममी लक्ष्मी खड्का लामाले पनि धेरै सहयोग गर्नुभयो र बाबाको साथ् र सहयोगले गर्दा नै उनीलाई अहिले अगाडी बढ्न सजिलो भएको कुरा बताउँछिन । उनी थप्छिन्, ‘गीत संगीत मेरो नशा नशामा छ र म नेपाली सुगम संगीतलाई थप उचाइमा पुर्याउन हरपल लागिपर्छु र सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छु ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध