२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

एमाले रामेछाप जिल्ला कमिटी सदस्य तामाङको निधन

१४ भाद्र २०७२, सोमबार ०७:३१

प्रज्वल पौडेल/भाद्र १४, रामेछाप । नेकपा एमाले रामेछापका जिल्ला कमिटि
सदस्य चिना तामाङको सोमबार निधन भएको छ ।

केहि दिन अगाडि
काठमाडौको तिनकुने स्थित कान्तिपुर अस्पतालमा उपचारको लागि भर्ना भएका तामाङको उपचारको क्रममा ५७ बर्षको
उमेरमा सोमबार दिउँसो १ बजे निधन भएको छ ।

रामेछापको पिङ्खुरी
गाविसमा जन्मिएका तामाङ पिङ्खुरी गाविसका जननिर्वाचित गाविस अध्यक्ष बनेका थिए भने वि. स. २०५४ सालमा
जिल्ला विकास समितिको रामेछापको निर्वाचित सदस्य बनेका थिए ।

यसैविच नेकपा एमाले रामेछापले तामाङको निधन प्रति सोमबार शोक बक्तव्य निकालेको छ । कम्युनिष्ट
आन्दोलनमा सक्रिय भुमिका खेलेका एक सच्चा, क्रान्तिकारी, कर्तव्यनिष्ठ, इमान्दार, लोकप्रेमी एवम्
विकासप्रेमी युद्धालाई गुमाउनुपर्दा पार्टिलाई अपुरणिय क्षति पुगेको एमाले रामेछापले जनाएको छ

एमाले रामेछापका पार्टी सचिव आनन्द श्रेष्ठद्धारा हस्ताक्षरित
शोक वक्तव्यमा तामाङको निधनले सिङ्गो लोकतान्त्रीक र कम्युनिष्ट आन्दोलनलाई अभाव खड्किएको बताइएको छ

नेकपा एमाले जिल्ला कमिटि रामेछापको आकस्मिक बैठकले तामाङको
निधनप्रति ३ दिन पार्टीले औपचारिक कार्यक्रमको आयोजना नगर्ने, पार्टी कार्यलयमा ३ दिन झण्डा आधा झुकाउने
र तेह्रौ दिनको दिन सदरमुकाम मन्थलीमा श्रद्धान्जली सभाको आयोजना गर्ने बक्तव्यमा उल्लेख गरेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली