पढ्न करिब 1 मिनेट लाग्छ
<p>फागुन २३, बैतडी (रासस) | पाटन नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागि रू एक करोड उपलब्ध गराउने भएको छ । <br></p><p>नगरपालिकाभरका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकका लागि सो रकम उपलब्ध गराइने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । शिक्षकका लागि अभिभावकले चन्दा दिनुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले सो पहल गरेको हो । </p><p>नगरभरिका सामुदायिक विद्यालयमध्ये गाभिनुपर्ने विद्यालयलाई गाभेर निजी स्रोतका शिक्षकको व्यवस्थापन गरिने उहाँले बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन सो पहल भइरहेको हो । </p>

