३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा एचवानएनवान एन्फुएन्जाको संक्रमण

१९ भाद्र २०७२, शनिबार ००:३७

भदौ १९, रामेछाप । रामेछाप जिल्लामा एचवानएनवान एन्फुएन्जाको संक्रमण
देखिएको छ । कडा ज्वरोका विरामी धमाधम अस्पताल भर्ना हुन थालेपछि गरिएको अनुसन्धानपछि एन्फुएन्जाको
संक्रमण देखा परेको पुष्टि भएको हो ।

जिल्ला अस्पताल रामेछापमा
भर्ना भएका ८ जना विरामीको रगत परिक्षणका लागि टेकु अस्पताल पठाएकोमा २ जनामा पोजेटिभ देखा परेको
अस्पतालले जनाएको छ । अस्पतालमा आउने विरामीहरुमा कडा ज्वरो देखिएपछि विगत एक सातादेखी विश्व स्वास्थ्य
संगठनका चिकित्सकहरु डा. सुवास पाठक र डा. सुवास न्यौपानेले जिल्ला अस्पताल सहित मन्थलीको तामाकोसी
सहकारी अस्पताल, प्राथामिक स्वास्थ्य केन्द्र, रामेछाप सामुदायिक अस्पताल लगायतका अस्पतालमा भर्ना भएका
विरामीको अनुसन्धान शुरु गरेको थियो ।

एक साताको अनुसन्धान र
टेकुबाट प्राप्त रिपोर्टबाट रामेछापका विरामीमा एचवानएनवान एन्फुएन्जाको संक्रमण देखा परेको पुष्टि भएको
विश्व स्वास्थ्य संगठनका चिकित्सक डा. सुवास न्यौपानेले बताउनुभयो । उक्त रोग स्वाइनफ्लु नभएकाले
सर्वसाधारणलाई नआत्तिन पनि चिकित्सकहरुले अनुरोध गरेका छन् । सगठनका अर्का चिकित्सक डा. सुवास पाठकले
अहिलेको ज्वरोबाट आत्तिनु पर्ने अबस्था नभएपनि सर्तक रहनुपर्ने बताउनुभयो अस्पतालमा आउने विरामीहरुमा
उच्च ज्वरो, रुघाखोकि तथा टाउको दुख्ने लक्षण देखा परेको डा. सुवास पाठकले बताउनुभयो । उहाँले
एन्फुएन्जा प्रारम्भिक चरणमा नै रहेकाले नियन्त्रण नजिकै पुगेको जानकारी दिनुभयो । उक्त रोगको पहिचाहन
भएपछि काठमाडौंबाट जिल्लामा थप औषधि प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली