वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सबै सेवा आइतबारदेखि बबरमहलबाट पाइने

साझासवाल
3 Min Read

फागुन २४,काठमाडौं । वैदेशिक रोजगार प्रवर्दन वोर्डले आफ्नो कार्यलय नयाँ बानेश्वरबाट बबरमहलमा सारेको छ। नयाँ बानेश्वरबाट सेवा दिंदै आएको वोर्डले आइतबारबाट बबरमहलमा रहेको नेपाल औषधी लिमिटेडको भवनबाट नै सबै सेवा दिने जनाएको छ । फागुन १५ गतेदेखि नै बबरमहलमा रहेको नेपाल औषधी लिमिटेडको भवनबाट सारेपनि केहि सेवा बानेश्वरबाट दिंदै आएको थियो ।

बोर्डको काम, कर्तव्य र अधिकार

क. नयाँ अन्तर्राष्ट्रिय श्रम बजारको खोजीका लागि अध्ययन गर्ने, गराउने,

ख. वैदेशिक रोजगार प्रवर्द्धनको लागि सूचना सङ्कलन, प्रशोधन र प्रकाशन गर्ने,

ग. वैदेशिक रोजगार कल्याणकारी कोषको परिचालन गर्ने गराउने,

घ. वैदेशिक रोजगारीमा गएका कामदारको हित संरक्षणसम्बन्धी आवश्यक  कार्य गर्ने गराउने,

ङ. विदेशबाट फर्की आएका कामदारको सीप, पूँजी र निजले सिकेको प्रविधि उपयोग गरी राष्ट्रहितमा लगाउने कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने,

च.विभिन्न मुलुकसँग गरिने श्रम सम्झौतासम्बन्धी आवश्यक कार्य गर्ने,

छ. वैदेशिक रोजगार अभिमुखीकरण तालिम दिने संस्था दर्ता गर्न योग्यता तोक्नुका साथै तालिमको पाठ्यक्रम तर्जुमा र स्वीकृत  गर्ने,

ज. वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा कामदार र व्यवसायीको हकहितको संरक्षण गर्ने सम्बन्धमा अवलम्बन गर्नुपर्ने अल्पकालिन र

दीर्घकालिन नीति तर्जुमा गरी नेपाल सरकार समक्ष पेश गर्ने,

झ. वैदेशिक रोजगार ऐनको कार्यान्वयन सम्बन्धमा समष्टीगत रुपमा अध्ययन गरीनेपाल सरकारलाई सुझाव दिने साथै कानूनको पुनरावलोकन गर्नुपर्ने देखिएमा सोको पुनरावलोकन गरी आवश्यक सुधारको लागि नेपाल सरकारलाई सुझाव दिने,

ञ.  सेवा शुल्क तथा प्रवर्द्धनको खर्च निर्धारण गर्ने सम्बन्धमा नेपाल सरकारलाई परामर्श दिने,

ट.  नेपाली कामदारले विदेशमा कमाएको आय सरल र सुलभ तरिकाले नेपाल भित्र्याउने सम्बन्धमा आवश्यक प्रबन्ध मिलाउनको लागि नेपाल सरकारलाई परामर्श दिने,

ठ. वैदेशिक रोजगारसम्बन्धी कानून विपरीत कुनै काम कारबाही कसैबाट भए गरेको पाइएमा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउने,

ड. इजाजतपत्रप्राप्त वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण र सीपमूलक तालिम सञ्चालन गर्नेसंस्थाको अनुगमन गर्ने गराउने,

ढ. खण्ड -ण) बमोजिम अनुगमन गर्दा वा गराउँदा कसैबाट ऐन वा यस ऐन अर्न्तर्गत बनेको नियम विपरीत कुनै काम भएको पाइएमा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउने ।

ण. आफूले सञ्चालन गरेको कार्यहरुको वाषिर्क प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्ने,

त.  वैदेशिक रोजगारको अवसर तथा जोखिम वारे अध्ययन अनुसन्धान गर्ने, गराउने,

थ. वैदेशिक रोजगारसम्बन्धी चेतनामूलक कार्यक्रमहरु रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाद्वारा नियमित रुपमा प्रचार, प्रसार गर्ने, गराउने,

द. कामदारको सामाजिक सुरक्षा रणनीति तथा कार्य योजना तयार गर्ने, गराउने,

ध. वैदेशिक रोजगारमा गएका महिला कामदारका निमित्त सुरक्षित गृहको स्थापना गरी सञ्चालन गर्ने, गराउने ।

सम्पर्क ठेगाना

वैदेशिक रोजगारी प्रवर्द्धन बोर्ड

बबरमहल (नेपाल औषधी लिमिटेडको भवन), काठमाडौं

टेलिफोन : ०१-४२२०५६७, ०१-४२२०५४३, ०१-४२२०३११, ०१-४२२०४३३

Share This Article
Leave a Comment

Leave a Reply