२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

भङ्गेरी गाउँ मदिरा निषेधित क्षेत्र घोषणा

२८ भाद्र २०७२, सोमबार २३:३८

प्रज्वल पौडेल,/भदौ, रामेछाप । रामेछाप नगरपालिकाको भङगेरी गाउँ
साविकको रामेछाप गाविस वडा नं. ४ लाई सोमबार मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मदिरा नियन्त्रण
समिति भङगेरीको अगुवाईमा “नगरौ मदिरापान, धनको नाश,जीवनको बर्बाद” भन्ने नाराका साथ प्रमुख जिल्ला
अधिकारी बासुदेव दाहालको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख
जिल्ला अधिकारी दाहालले सत्कर्मले समाजलाई विकास र अग्रगमनतिर लैजाने भएकाले गैह्रकानुनी रुपमा मदिरा
उत्पादन, भण्डारण एवम् विक्रि वितरण गर्ने कसैलाई पनि कानुनी छुट नभएको बताए । मदिरा नियन्त्रण कार्य
आँफैमा सकारात्मक र सराहनिय भएको भन्दै अरु गाविसले पनि यस्तो महान कार्यलाई उदाहरणका रुपमा लिनुपर्नेमा
दाहालले जोड दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै राजनैतिकदलका पार्टी प्रतिनिधीहरुले मदिरा सेवन एवम् व्यवसायले
समाजमा विकृति ल्याउने भन्दै मदिरा व्यवसायको विकल्प खोज्न व्यवसायीहरुलाई आग्रह गरेका थिए । मदिरा
नियन्त्रण समितिका सभापति गौतमकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा मदिरा नियन्त्रण समितिले
बरामद गरेको २०० लिटर मदिरा नष्ट गरिएको छ । कार्यक्रममा स्थानिय राजनैतिकदल, सरकारी तथा ग्रैहसरकारी
संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, सुरक्षाकर्मी, पत्रकार, स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली