2026-09-13 11:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुटवलको व्यस्त बाइपास सडकमा नयाँ पुल बन्ने, नगर प्रमुखद्वारा शिलान्यास

फागुन २८, खस्यौली (रासस) | बुटवलको व्यस्त बाइपास सडकको तीनकुने नजिकैको सोह्र–छत्तीस नहरमा नयाँ पुल बन्ने भएको छ । 

बुटवल उपमहानगरपालिकाले साँघुरो र कमजोर बन्दै गएको पुल हटाएर फुटपाथसहित दुई लेनको बनाउन लागेको हो । सबैभन्दा ठूलो जनसङ्ख्या रहेको वडा नं ११ र ९ लाई जोड्ने उक्त पुलको नगर प्रमुख शिवराज सुवेदीले आज शिलान्यास गर्नुभयो । 

पुल निर्माणका लागि बाबुल–दिब्या जेभी कम्पनीसँग हालै सम्झौता भएको र आगामी असारमा निर्माण सक्ने लक्ष्य रहेको उपमहानगरका योजना प्रमुख इञ्जिनीयर सुमन श्रेष्ठले जानकारी दिनुभयो । उक्त पुलको रु एक करोड ४० लाख २४ हजार ३८६ मा ठेक्का सम्झौता भएको थियो । 

उपप्रमुख गुमादेवी आचार्य, वडा नं ९ का अध्यक्ष विष्णुबहादुर थापा, ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, वडा सचिव टीका भण्डारीलगायतले समयमै निर्माण कार्य सक्न आग्रह गर्नुभयो । उपमहानगरले कालिका पथ र श्रवणपथलाई आन्तरिक बाइपासका महत्वपूर्ण सडकका रुपमा स्तरोन्नति गर्न लागिरहेको छ । 

श्रवणपथअन्तर्गतकै हिलपार्क गेट नजिकैको सुखौरा खोलामा पनि अर्को पुल निर्माण भइरहेको छ । आन्तरिक बाइपासका सडकलाई बुटवलको चक्रपथमा जोड्ने गरी निर्माण कार्यका योजना बनिरहेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । बुटवल उपमहानगरले १९ वटै वडालाई सडक सञ्जाल पुर्याउँदै त्यसैमार्फत छिमेकका अरु पालिकासँग जोड्नेगरि योजना बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले