2026-09-13 11:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

प्राथमिकतामा कृषि विकास कार्यक्रम

फागुन २९, नेपालगञ्ज (रासस) | बर्दियाको बढैयाताल गाउँपालिका माछा उत्पादन र व्यावसायिक तरकारी खेतीको मुख्य क्षेत्रका रुपमा चिनिदै आएको छ । 

माछा उत्पादनसँगै गाउँपालिकामा आलुको बीउ र व्यावसायिक रुपमा तरकारी खेती पनि हुँदै आएको छ । तर अधिकांश किसान अहिले पनि परम्परागत तरिकाबाट खेती गर्दै आएका छन् । गाउँपालिकाले यो वर्ष कृषिमा रु ६० लाख बजेट विनियोजन गरेको छ । 

बढैयातालका स्थानीयका लागि विगतका दिनमा जिल्ला कृषि विकास कार्यालयबाट प्रवाह हँुदै आएको कृषि सेवा अहिले स्थानीय तहबाट प्रवाह भइरहेको छ । बढैयाताल गाउँपालिकाले पनि कृषि शाखामार्पmत सेवा प्रवाह गरिरहेको छ । तर सबै स्थानीयले कृषि शाखाबाट प्रवाह भइरहेको सेवाको उपभोग गर्न भने सकेका छैनन् । 

बजेट अभावको कारणले चाहेर पनि कर्मचारीले पर्याप्तरूपमा कृषिसेवा दिनसकेका छैनन् भने केही किसान आफैँ पनि कृषि शाखाबाट प्रवाह हुने सेवाका बारेमा जानकारी नपाएर सेवा लिन सकेका छैनन् । “कृषि शाखाले अनुदानमा सेवा प्रवाह गर्दै आएको छ, तर कृषकको मागअनुसार र समयमा सेवा प्रवाह भने हुनसकेको छ्रैन”, बढैयाताल–६ का कृषक जीवेन्द्र थारूको भनाइ छ । 

गाउँपालिकाको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न गाउँपालिकाले पर्याप्त मात्रामा बजेट छुट्याउन सकेको छैन । जसका कारण किसानले मेहिनतअनुसारको लाभ लिन सकिरहेका छैनन् । गाउँपालिकामा आएको बजेटको निश्चित रकम विषयगत सेवाअन्तर्गत कृषिमा छुट्याएर किसानका लागि खर्च हुने गरेको छ । सरकारले कृषिमा आधुनिकीकरण गर्ने भने पनि कृषिका लागि भने न्यून बजेट रहेको सो गाउँपालिकाको कृषि शाखा प्रमुख दुर्गाप्रसाद बसौलाले बताउनुभयो । 

बढैयाताल गाउँपालिका बर्दियाको पूर्वदक्षिण भागमा पर्दछ । मैनापोखर, भोलागौढी र शीतलाबजार बढैयाताल गाउँपालिकाको बजार क्षेत्र हो भने अन्य सबै क्षेत्रका स्थानीयवासी कृषि पेशामा आबद्ध छन् । गाउँपालिकाको आठ हजार हेक्टरमा खेती हुदै आएको छ । झण्डै ८५ प्रतिशत स्थानीयवासी कृषिमा आश्रित भएकाले गाउँपालिका र वडा कार्यालयले व्यावसायिक कृषि कार्यक्रमलाई प्राथमिकतामा राखेको सो गाउँपालिका–४ का अध्यक्ष कर्णबहादुर थापाको भनाइ छ । 

गाउँपालिकामा माछा र आलुको बीउको राम्रो उत्पादन हुँदै आएको छ । करीब ४० किसान माछापालन गरिरहेका छन् भने करीब २०० किसान तरकारी र आलुखेती गर्दै आएका छन् । राज्यले कृषिका लागि पर्याप्त मात्रामा बजेट विनियोजन गर्न नसके पनि कृषिलाई टेवा पुग्ने कार्यक्रम गरिरहेको कृषि शाखा प्रमुख बसौलाले बताउनुभयो । 

स्थानीयस्तरमा उत्पादन भएको तरकारी सितला, पशुपति, सीतापुर हाटबजार र मैनापोखरबाट बिक्री वितरण हुँदै आएको छ । मैनापोखर र कालिकाबाट वर्षेनी करीब ४०० सय टन आलुको बीउ र एक हजार ४०० टन आलु उत्पादन हुँदै आएको छ । 

किसानले तरकारीका अलावा धान, गहँु, मकै, मसुरो, केराउ, अरहरलगायतका अन्नबाली पनि उत्पादन गर्दै आएका छन् । गाउँपालिकाले यो वर्ष कृषिका लागि रु ६० लाख निशर्त र रु १८ लाख सशर्त बजेट विनियोजन गरेर कृषिका लागि छनोट गरेको योजनाको कार्यान्वयन गर्ने तयारी थालेको छ । 

सो गाउँपालिकाको कृषि विकास शाखाबाट प्रवाह भइरहेको सेवामा स्थानीयवासीको पहुँच बढाउन कृषि सेवा क्षेत्रलाई अझ फराकिलो पार्न आवश्यक रहेको स्थानीयवासीको माग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले