२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

संविधान घोषणा भएपछि दीपावली गर्न एमाले रामेछापको निर्देशन

३१ भाद्र २०७२, बिहीबार ०८:३८

प्रज्वल पौडेल/भदौ ३१, रामेछाप । संविधानसभाबाट नयाँ संविधान
पारित भएपछि रामेछापका बासिन्दाहरु हर्षित भएका छन् ।

नयाँ
संविधानमा अटाउन नसकेका केही एजेन्डाहरु कायम रहे पनि समग्रमा नयाँ संविधानको स्वागतमा धेरैजसो राजनीतिक
दलका संघ संगठन र विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरु खुसीयाली मनाउने तयारीमा छन्

देशब्यापी दीप प्रज्ज्वलन तथा विभिन्न कार्यक्रमका साथ नयाँ
संविधानको स्वागत गर्न कांग्रेस, एमाले, माओवादी लगायत विभिन्न राजनीतिक संगठनहरुले आफ्ना भातृ संगठन
तथा कार्यकर्ताहरुलाई अपिल गरेसँगै रामेछापबासि पनि नयाँ सविधानको स्वागतका लागी तयारीमा जुटेका हुन्

नागरिक आफैंले चुनेका प्रतिनिधिद्वारा संविधान लेख्ने सपना
साकार भएको भन्दै जिल्लाबासिहरु हर्षित छन् । बजार ,पसल, र बिभिन्न कार्यक्रमहरुमा जिल्लाबासिहरुले नयाँ
सविधान जारी हुने भयो भन्दै खुसि व्यक्त गर्न थालेका छन ।

जिल्लावासीले आफुहरुले चुनेर पठाएका सभासद्हरुलाई समेत मूख्य सपना साकार पारिदिएको भन्दै
धन्यवाद समेत दिएका छन् । जिल्लाका राजनीतिक दलहरुले पनि संविधान पारित भएकोमा खुसी व्यक्त गर्दै
संविधान जारी हुने दिन असोज ३ गते खुसियाली मनाउन र दीपावली गर्ने तयारी गरिरहेका छन् ।

संविधान
जारी हुने दिन असोज ३ गते जिल्लाभर दिपावली गर्दै उत्सव मनाउन केन्द्रीय कार्यालयले दिएको निर्देशन
बमोजिम नै एमाले रामेछापले गाउँ तथा नगर कमिटिलाई निर्देशन दिई सकेको नेकपा एमाले रामेछापका प्रचार
बिभाग प्रमुख प्रकाश कार्कीले जानकारी दिए ।

असोज ३ गते
राष्ट्रपति डा. रामबरण यादवले संबिधान जारि भएको घोषणा गरे सँगै घर, चोक, सार्वजनिक स्थलहरुमा दिपावली
गर्दै बिजय उत्सब मनाउने र असोज ४ गते अन्य राजनीतिक दल तथा संघसस्थासँग सहकार्य गर्दै ¥यालि लगाएतका
बिभिन्न कार्यक्रम गर्ने तयारी भइरहेको एमाले प्रचार बिभाग प्रमुख कार्किले बताए ।

नयाँ संविधानको खुसीयाली मनाउन सरकारले दुई दिन सार्वजनिक विदा दिने तयारी
गरेको छ । संविधान घोषणा हुने दिन असोज ३ र ४ गते सार्वजनिक विदा दिएर नयाँ संविधानको आगमनलाई राष्ट्रिय
चाडको रुपमा मनाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने