2026-07-11 09:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

संविधान घोषणा भएपछि दीपावली गर्न एमाले रामेछापको निर्देशन

प्रज्वल पौडेल/भदौ ३१, रामेछाप । संविधानसभाबाट नयाँ संविधान
पारित भएपछि रामेछापका बासिन्दाहरु हर्षित भएका छन् ।

नयाँ
संविधानमा अटाउन नसकेका केही एजेन्डाहरु कायम रहे पनि समग्रमा नयाँ संविधानको स्वागतमा धेरैजसो राजनीतिक
दलका संघ संगठन र विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरु खुसीयाली मनाउने तयारीमा छन्

देशब्यापी दीप प्रज्ज्वलन तथा विभिन्न कार्यक्रमका साथ नयाँ
संविधानको स्वागत गर्न कांग्रेस, एमाले, माओवादी लगायत विभिन्न राजनीतिक संगठनहरुले आफ्ना भातृ संगठन
तथा कार्यकर्ताहरुलाई अपिल गरेसँगै रामेछापबासि पनि नयाँ सविधानको स्वागतका लागी तयारीमा जुटेका हुन्

नागरिक आफैंले चुनेका प्रतिनिधिद्वारा संविधान लेख्ने सपना
साकार भएको भन्दै जिल्लाबासिहरु हर्षित छन् । बजार ,पसल, र बिभिन्न कार्यक्रमहरुमा जिल्लाबासिहरुले नयाँ
सविधान जारी हुने भयो भन्दै खुसि व्यक्त गर्न थालेका छन ।

जिल्लावासीले आफुहरुले चुनेर पठाएका सभासद्हरुलाई समेत मूख्य सपना साकार पारिदिएको भन्दै
धन्यवाद समेत दिएका छन् । जिल्लाका राजनीतिक दलहरुले पनि संविधान पारित भएकोमा खुसी व्यक्त गर्दै
संविधान जारी हुने दिन असोज ३ गते खुसियाली मनाउन र दीपावली गर्ने तयारी गरिरहेका छन् ।

संविधान
जारी हुने दिन असोज ३ गते जिल्लाभर दिपावली गर्दै उत्सव मनाउन केन्द्रीय कार्यालयले दिएको निर्देशन
बमोजिम नै एमाले रामेछापले गाउँ तथा नगर कमिटिलाई निर्देशन दिई सकेको नेकपा एमाले रामेछापका प्रचार
बिभाग प्रमुख प्रकाश कार्कीले जानकारी दिए ।

असोज ३ गते
राष्ट्रपति डा. रामबरण यादवले संबिधान जारि भएको घोषणा गरे सँगै घर, चोक, सार्वजनिक स्थलहरुमा दिपावली
गर्दै बिजय उत्सब मनाउने र असोज ४ गते अन्य राजनीतिक दल तथा संघसस्थासँग सहकार्य गर्दै ¥यालि लगाएतका
बिभिन्न कार्यक्रम गर्ने तयारी भइरहेको एमाले प्रचार बिभाग प्रमुख कार्किले बताए ।

नयाँ संविधानको खुसीयाली मनाउन सरकारले दुई दिन सार्वजनिक विदा दिने तयारी
गरेको छ । संविधान घोषणा हुने दिन असोज ३ र ४ गते सार्वजनिक विदा दिएर नयाँ संविधानको आगमनलाई राष्ट्रिय
चाडको रुपमा मनाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट