२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

नेपालको संविधान–२०७२ जारी भएपछि रामेछापमा खुशीयाली

३ आश्विन २०७२, आईतवार २०:५७

sambidhan ramechhap

प्रज्वल पौडेल, असोज ४, रामेछाप ।
संविधानसभाबाट नेपालको संविधान २०७२’ घोषणासँगै सदरमुकाम मन्थली लगाएत रामेछाप जिल्ला भर दिपावली गरी
हर्ष उल्लाससहित खुशीयाली मनाइएको छ ।

संविधान जारी भए लगत्तै
विहान देखि संविधान घोषणाको पर्खाइमा बसेका रामेछाप बासीहरुले “नेपालको संविधान २०७२ स्वागत” को नक्सा
चोक चोकमा बनाएर त्यसमा दीप बालेर नयाँ संविधानलाई स्वागत गरेका थिए । कार्यक्रममा हजारौंको सहभागिता
रहेको थियो । नेपालको राष्ट्रिय झण्डा फहराउँदै, पञ्चेबाजा सहित तामझामका साथ र्याली मन्थली बजार
परिक्रममा गर्दै मदनआश्रित चोकबाट पुनः देबकोटाचोमा आएर कोणसभामा परिणत भएको र्यालीमा साँझ राष्ट्रपतिले
संविधान घोषणा गरेपछि सबैले खुसी व्यक्त गर्दै जिल्लाबाट संविधानसभामा सहभागि भएका सभासदहरुलाई धन्यबाद
समेत दिएका थिए । एक युगमा आउने एक दिन अर्थात् जनताले लेखेको संविधान जारी भएको अवसरमा रामेछापका
नागरिकले स्वतस्फूर्तरुपमा दीप प्रज्ज्वलन र र्यालीमा सहभागी बनेर खुसी मनाए ।

आइतबार साँझ राष्ट्रपति नेपालको संविधान २०७२’ प्रारम्भ भएको घोषणा गर्ने वित्तिकै
देवकोटा चोकमा रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले दीपावलीको लागी तयार पारिएको
दियोमा बत्ती बालेर दीपावलीको उद्घाटन गरेका थिए । त्यसपछि सहभागीहरुले बत्ती बाल्दै स्वागत गरिएको थियो
। देवकोटा चोकमा दीपावली सकिएसँगै मदन आश्रीत चोक, विपी चोकमा दीप प्रज्ज्वलन गरिएको थियो । दशकौं
देखिको नेपाली जनताको संविधान आफैले लेख्ने प्रतीक्षा पूरा भएको भन्दै विजयउत्सवमा सहभागी बनेको
सहभागीहरुको भनाइ छ ।

sambidhan khusiyali

ठुलो बलिदान र
लामो प्रतिक्षापछि मुलुकले नयाँ संविधान पाएकोले स्थानियबासीहरुले साँझ आ–आफ्नो घरमा गएर पुनः दीपबत्ती
बालेर खुसी व्यक्त गरेका थिए । दिपावली गर्नेक्रममा भेला भएका सर्वसाधारण, पेशाकर्मी, पत्रकार नागरिक
समाजका अगुवा तथा नेताहरुले यो संबिधान अहिलेसम्मकै प्रगतिशिल, अग्रगामी, उत्कृष्ट र जनमुखि भएको बताएका
थिए । जिल्लामा सधैजसो छुट्टाछुट्टै स्थानहरुमा भेला भएर कार्यक्रम गर्ने राजनैतिक दलहरु आइतबार एकै
स्थानमा खुसी साटसाट गर्दै भेला भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ