2026-06-28 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

तेस्रो पाँचथर गोल्डकपको तयारी तिब्र रुपमा

2019-03-24


कमल घिमिरे।चैत्र१०।पाँचथर,पाँचथरको फिदिममा आगामी चैत्र २३ देखी बैशाख २ गते सम्म हुने तेस्रो पाँचथर गोेल्डकपको तयारी तिब्र रुपमा भइरहेको छ ।

 आइतबार फिदिममा पत्रकार सम्मेलन गर्दै तयारी तिब्र रुपमा भइरहेको आयोजक पाँचथर क्लवले जनाएको छ । आयोजकका अनुसार यो संस्करणमा २ वटा विभागीय टिम सहित १० टिमको सहभागिता हुनेछ । हिमालयन शेर्पा क्लव काठमाण्डौ, दार्जिलिङ युनाइटेड भारत, न्यु स्टार क्लव सुनसरी, डि.एफ.सी. मोरङ, विर्तामोड युनाइटेड झापा, रेडहर्स इलाम, विजय युथ क्लव हेटौडा,जावलाखेल युथ क्लव ललितपुर,आयोजक पाँचथर क्लव र मिसन युनाइटेड ताप्लेजुङको सहभागी रहने आयोजकले जनाएको छ । 

फिदिम मा.वि.को खेल मैदानमा हुने प्रतियोगीताका विजेताले नगद ४ लाख र उपविजेताले नगद २ लाख पाउनेछ भने प्रत्येक दिनका उत्कृष्ट खेलाडीले नगद ५ हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद १० हजारका दरले पुरस्कार दिने आयोजकले जनाएको छ । आयोजकले यो वर्ष विदेशी खेलाडीलाई नखेलाउने भएको छ । प्रतियोगितामा भाग लिन जिल्लाका उत्कृष्ट टिमबाट छानिएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिएको आयोजकले जनाएको छ । 

वाइवाइ तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगीताको कुल लागत ४३ लाख रुपैँया अनुमान गरिएको आयोजकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी