२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

गागल भदौरेमा सार्वजनिक सुनुवाई

१५ आश्विन २०७२, शुक्रबार २२:०७

असोज १६, रामेछाप । स्थानीय सेवा प्रदायक निकायले दिने सेवाको
प्रभावकारीताको विषयक सार्वजनिक सुनुवाई मंगलवार रामेछापको गागलभदौरे गाविसमा सम्पन्न भएको छ

गाविसको कार्यालय गागलभदौरेको आयोजना तथा समाजकल्याण असल शासन
क्लवको सहआयोजना एवं स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना रामेछापको सहजीकरणमा सम्पन्न
सार्वजनिक सुनुवाईमा गाविसमा रहेर सेवा प्रवाह गर्ने गाविसको कार्यालय, स्वास्थ्य चौकी, गरिवी निवारणमा
कार्य गर्ने एमएआर लगाएतले आफूले सम्पादन गरेका कामको बारेमा जानकारी गराएका थिए ।

गाविसको कार्यालय तथा गाविसमा रहेर सेवा प्रवाह गर्ने विभिन्न साझेदार
संस्थाहरुले संचालन गर्ने कामको बारेमा नागरिकहरुलाई जानकारी गराई थप सुधारात्मक पक्षमा छलफल गर्ने
उदेश्यले आयोजना गरिएको सार्वजनिक सुनुवाईमा गाविस सचिव पासाङ कुमार लामा, स्वास्थ्य चौकीका इन्चार्ज
प्रकाश श्रेष्ठ, गरिवी निवारणमा कार्य गर्ने एमएआरका सहजकर्ता सूचना तामाङ, स्थानीय सरकारको जवाफदेहिता
अभिवृद्धि परियोजना रामेछापका जिल्ला संयोजक उमङ्ग मैनाली लगाएतले आफूले सम्पादन गरेका कामको बारेमा
जानकारी गराउँदै नागरिकबाट आएका प्रश्नहरुको उत्तर दिएका थिए ।

गागल गाविसका स्थानीयवासीहरुले राहत वितरण ढिला भएको, योजनाहरु नियमित रुपमा अनुगमन
गर्नुपर्ने, सडकमा गरिएको लगानी दुरुपयोग भएको विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रमको अन्त्यमा नियमित सार्वजनिक सुनुवाई गाविस तथा अन्य निकायहरुले पनि आयोजना
गर्ने, गागल गाविसलाई पौष मसान्तभित्र पूर्ण खोपयुक्त गाविस घोषणा गर्ने र सडक निर्माणको क्रममा
अनिवार्य सार्वजनिक सुनुवाई वा सार्वजनिक परीक्षण संचालन गर्ने सहितका ३ बुँदे प्रतिबद्धताहरु भएका छन्

सो प्रतिवद्धतामा गाविस सचिव तथा स्थानीय राजनीतिक दलका
प्रमुख एवं प्रतिनिधिहरुले हस्ताक्षर गर्नु गरेका थिए । कार्यक्रमको सहजीकरण स्थानीय सरकारको जवाफदेहिता
अभिवृद्धि परियोजना रामेछापका फिल्ड सुशासन अधिकृत तिलक कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली