२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

गागल भदौरेमा सार्वजनिक सुनुवाई

२०७२, १५ आश्विन शुक्रबार २२:०७

असोज १६, रामेछाप । स्थानीय सेवा प्रदायक निकायले दिने सेवाको
प्रभावकारीताको विषयक सार्वजनिक सुनुवाई मंगलवार रामेछापको गागलभदौरे गाविसमा सम्पन्न भएको छ

गाविसको कार्यालय गागलभदौरेको आयोजना तथा समाजकल्याण असल शासन
क्लवको सहआयोजना एवं स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना रामेछापको सहजीकरणमा सम्पन्न
सार्वजनिक सुनुवाईमा गाविसमा रहेर सेवा प्रवाह गर्ने गाविसको कार्यालय, स्वास्थ्य चौकी, गरिवी निवारणमा
कार्य गर्ने एमएआर लगाएतले आफूले सम्पादन गरेका कामको बारेमा जानकारी गराएका थिए ।

गाविसको कार्यालय तथा गाविसमा रहेर सेवा प्रवाह गर्ने विभिन्न साझेदार
संस्थाहरुले संचालन गर्ने कामको बारेमा नागरिकहरुलाई जानकारी गराई थप सुधारात्मक पक्षमा छलफल गर्ने
उदेश्यले आयोजना गरिएको सार्वजनिक सुनुवाईमा गाविस सचिव पासाङ कुमार लामा, स्वास्थ्य चौकीका इन्चार्ज
प्रकाश श्रेष्ठ, गरिवी निवारणमा कार्य गर्ने एमएआरका सहजकर्ता सूचना तामाङ, स्थानीय सरकारको जवाफदेहिता
अभिवृद्धि परियोजना रामेछापका जिल्ला संयोजक उमङ्ग मैनाली लगाएतले आफूले सम्पादन गरेका कामको बारेमा
जानकारी गराउँदै नागरिकबाट आएका प्रश्नहरुको उत्तर दिएका थिए ।

गागल गाविसका स्थानीयवासीहरुले राहत वितरण ढिला भएको, योजनाहरु नियमित रुपमा अनुगमन
गर्नुपर्ने, सडकमा गरिएको लगानी दुरुपयोग भएको विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रमको अन्त्यमा नियमित सार्वजनिक सुनुवाई गाविस तथा अन्य निकायहरुले पनि आयोजना
गर्ने, गागल गाविसलाई पौष मसान्तभित्र पूर्ण खोपयुक्त गाविस घोषणा गर्ने र सडक निर्माणको क्रममा
अनिवार्य सार्वजनिक सुनुवाई वा सार्वजनिक परीक्षण संचालन गर्ने सहितका ३ बुँदे प्रतिबद्धताहरु भएका छन्

सो प्रतिवद्धतामा गाविस सचिव तथा स्थानीय राजनीतिक दलका
प्रमुख एवं प्रतिनिधिहरुले हस्ताक्षर गर्नु गरेका थिए । कार्यक्रमको सहजीकरण स्थानीय सरकारको जवाफदेहिता
अभिवृद्धि परियोजना रामेछापका फिल्ड सुशासन अधिकृत तिलक कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ