२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

गाविस स्तरीय अभिमुखीकरण सम्पन्न

१५ आश्विन २०७२, शुक्रबार २२:१५

असोज १६, रामेछाप । स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजनाको गाविस
स्तरीय अभिमुखीकरण गत सात जिल्लाका नौ गाविसहरुमा सम्पन्न भएका छन् ।

असल शासन क्लव जिल्ला समन्वय समिति रामेछाप कार्यान्वय साझेदार रहेको परियोजनाको विषयमा
गाविसका सरोकारवालाहरुलाई जानकारी गराउने उदेश्यले अभिमुखीकरणको आयोजना गरिएको थियो ।

गाविस सचिवहरुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परियोजना संचालनको लक्ष्य,
उदेश्य, संचालन गर्ने गतिविधिहरु लगाएत तथा हालसम्म गाविसले गरेको स्थानीय निकाय स्रोत परिचालन तथा
ब्यवस्थापन कार्यविधि, सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण कार्यविधिहरुको पालनाको अवस्थाको वारेमा
जानकारी गारइएको थियो ।

कार्यक्रममा गाविसका राजनैतिक दलका
प्रतिनिधिहरु, वडा नागरिक मञ्चका संयोजकहरु, नागरिक सचेतना केन्द्रका प्रतिनिधिहरुका साथै महिला, दलित,
जनजाति वर्गको प्रतिनिधिहरु र विषयगत कार्यालयका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

जिल्लाका पकरवास, नागदह, तिल्पुङ्ग, खिम्ती, गागलभदौरे, माकादुम, खाँडादेवी,
गेलु र पुरानागाउँ गाविसहरुमा आयोजना गरिएको गाविस स्तरीय सो परियोजना अभिमुखीकरणको परियोजनाका जिल्ला
संयोजक उमङ्ग मैनाली, फिल्ड सुशासन अधिकृतहरु तिलक बहादुर कार्की, कल्पना तामाङ्ग र कमल बसेललले सहजीकरण
गर्नु भएको थियो ।

परियोजनाले जिल्लाभरका सबै गाविस तथा
नगरपालिकाहरुको नागरिक सचेतना केन्द्र तथा वडा नागरिक मञ्चमा केन्द्रीत भई माग पक्षको क्षमता बृद्धिको
लागि विभिन्न गतिविधिहरु संचालन गर्नुका साथै गाविस तथा जिल्ला तहमा सामाजिक जवाफदेहिताका औजारहरु
सामुदायिक अंकपत्र, नागरिक प्रतिवेदन पत्र, स्थानीय खर्चको सोधखोज तथा पालना अनुगमन जस्ता कार्यक्रमहरु
संचालन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह