पढ्न करिब 4 मिनेट लाग्छ

चैत्र २४, काठमाडौँ | नेपालबाट बैदेशिक रोजगारीमा जानको लागि संस्थागत रुपमा १ सय १० देश खुला गरिएको छ । यी मध्ये इराक र लिविया हाल रोक्का गरिएको छ । बैदेशिक रोजगारीमा जाँदा म्यानपावर कम्पनीलाई तिर्नुपर्ने सेवा शुल्कबारे जानकारी नहुँदा ठगिनुपर्ने हुन्छ तसर्थ ठगिनबाट जोगिनको लागि आफुँ जान लागेको देशमा जाँदा लाग्ने सेवा शुल्क बारे जानकार हुनु जरुरी छ ।

सरकाराले कामदारबाट म्यानपावर कम्पनीले लिन पाउने अधिकतम सेवा शुल्क तोकेको छ। सरकारले २०७२/०३/२१ गतेबाट फ्रि भिसा फ्रि टिकटको व्यवस्था लागू गरेको छ । जसअनुसार खाडीका ६ देश कतार, साउदी, कुवेत, बहराइन,ओमान, युएईको लागि फ्रि भिषा र फ्रि टिकट अनिवार्य गरिएको छ भने सेवा शुल्क बढिमा १० हजारसम्म म्यानपावर कम्पनीले लिन छुट दिइएको छ। तर सरकारले अनुगमन नगर्दा म्यानपावर कम्पनीहरूले कामदारसँग ५ लाखसम्म शुल्क लिने गरेका छन् ।

मलेसियाको लागि कामदारको सबै खर्च रोजगारदातालाई नै तिराउने गरि कार्तिक १२ गते नेपाल र मलेसिया विच श्रम सम्झौतामा हस्ताक्षर भइसकेको छ। यो कार्यन्वयन हुँदैछ । मौरिसस् को लागि १ लाख ९ हजार ९ सय, जापानको लागि टिकट बाहेक ५० हजार (हाल दुई देशवीच सरकारीस्तरमा नै कामदार लैजानेगरी श्रम समझदारी भएको तर सेवा शुल्क नतोकिएको), रसियाको लागि ८० हजार, पोल्याण्डको लागि ८० हजार ४ सय, पोर्चुगलको लागि ६५ हजार, लिबिया ९० हजार (४१७५ खाना, आवास सुविधा सहित) तोकिएको छ । त्यस्तै इपिएस मार्फत दक्षिण कोरियाको लागि ७ सय ७० युएस डलर, अल्जेरियाको लागि सिप भएकाको लागि १ लाख १८ हजार र स्टाफको लागि १ लाख २३ हजार सेवा शुल्क तोकिएको छ ।

यी देश बाहेक सेवा शुल्क नतोकिएका मुलुकको हकमा अधिकतम ६ महिनाको तलब बराबर म्यानपावर कम्पनीले लिन पाउने प्रावधान रहेको छ । यदि म्यानपावर कम्पनीले यो सेवा शुल्क भन्दा बढी लिएमा श्रम मन्त्रालयको कल सेन्टर, बैदेशिक रोजगार विभागमा उजुरी गर्न सकिन्छ । साथै मोबाइलमा बैदेशिक रोजगार एप डाउनलोड गरि त्यस मार्फत पनि गुनासो गर्न सकिने व्यवस्था छ ।

बैदेशिक रोजगारीको लागि देशगत लागत खर्च:-

१. जापान – (अधिकतम लागत) रु. ५०,०००/- (श्रम समझदारी हुनुभन्दा अगाडिको)

२. बहराइन – (अधिकतम लागत) रु. १०,०००/-

३. कुवैत – (अधिकतम लागत) रु. १०,०००/-

४. लेबनान – (अधिकतम लागत) रु. ७०,०००/-

५. मौरिसेस – (अधिकतम लागत) रु. १९,०००/-

६. ओमान – (अधिकतम लागत) रु.१०,०००/-

७. पोल्याण्ड – (अधिकतम लागत) रु. ८०,४००/-

८. कतार – (अधिकतम लागत) रु. १०,०००/-

९. रसिया – (अधिकतम लागत) रु. ८०,०००/-

१०. साउदी अरबिया – (अधिकतम लागत) रु.१०,०००/-

११. यु.ए.ई – (अधिकतम लागत) रु.१०,०००/-

पैसा म्यानपावरलाई दिने कि एजेन्टलाई ?

लागत रकम अनुसार रकम म्यानपावर कम्पनीलाई मात्र तिर्नुपर्छ र पैसा तिरेको आधिकारिक रसिद पनि अनिवार्य लिएर त्यसलाई सुरक्षित राख्नुपर्छ । रसिद लिदा जति पैसा तिरेको हो, त्यति नै रकम बराबरको रसिद लिनुपर्छ, म्यानपावर कम्पनीले तपाईले तिरेको रकम भन्दा कम रकमको रसिद दिएर ठगि गर्न सक्छन् तसर्थ तपाई आँफै यस विषयमा सचेत हुनुपर्छ । हाल सरकारले बैदेशिक रोजगार ऐन संसोधन गरि एजेन्ट व्यवस्था हटाएको छ तसर्थ एजेन्ट मार्फत कारोबार गर्नु गैर कानूनी हो ।

कल्याणकारी कोषमा कति जम्मा गर्नुपर्छ ?

रु १५०० जम्मा गर्नुपर्छ जसले पनि बिमाले जस्तै विदेशमा अङ्ग-भङ्ग भएमा¸ प्राणघातक रोग लागेमा वा मृत्यु भएमा क्षतीपूर्ति प्रदान गर्छ ।

अभिमुखीकरण तालिमको लागि कति खर्च लाग्छ ?

अभिमुखीकरण तालिमको लागि रु ७०० रुपैयाँ तिर्नुपर्छ तर महिलाहरूले भने वैदेशिक रोजगार प्रवर्दन बोर्डबाट फिर्ता पाउँनेछन् ।

सीप सिकेको कति खर्च लाग्छ ?

सीपको प्रकार र सीप दिने संस्थाको नियमअनुसार फरकफरक पर्छ, सामान्यतया रु ३,००० देखि १,००,००० सम्म लाग्न सक्छ । घरेलु कामदारको लागि जानेहरुलाई भने सरकारले नि:शुल्क सीप सिक्ने व्यवस्था गरेको छ ।

बिमा गर्न कति पैसा लाग्छ ?

बिमा गर्न कामको प्रकार¸ विदेश जाने व्याक्तिको उमेर¸ विदेशमा बस्ने अवधि हेरेर बिमाको शुल्क रु ३९०० देखि रु २०,००० सम्म लाग्नसक्छ।

बैदेशिक रोजगार मोबाइल एप डाउनलोड गरि तपाईका कुनै गुनासा, जिज्ञासा टिपाउन सक्नुहुनेछ साथै कार्यालय समयमा साझा सबाल मिडियाको ०१-४४१२९८८ मा कल गरि जानकारी लिन सकिनेछ ।