2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

शिविर संचालन गरि विरामीको उपचार सूरु

प्रज्वल पौडेल । असोज १८, रामेछाप । रामेछापको गेलु गाविसमा फैलिएको भाइरल
ज्वरोका विरामीलाई उपचार गर्न सोमबारबाट सूरु गरिएको छ ।

गेलु
प्राथमिक स्वास्थ्य केन्द्रले शिविर संचालन गरेर १ सय ५५ जना भाइरल ज्वरोका विरामीको उपचार गरेको हो ।
विरामीहरु बढ्दै जान थालेपछि स्वास्थ्यकर्मीहरु औषधि लिएर घरघरमा गएका छन् । एउटै घरका ३÷४ जना सम्म
विरामी भएपछि अस्पताल जान नसकेको स्थानीयहरुले बताएका छन् । गेलु गाविसका सिक्राल, घुर्पाङका भाइरल
प्रभावितहरुलाई औषधि सहित स्वास्थ्य सल्लाह दिएको गेलु स्वास्थ्य केन्द्रका इन्चार्ज राजकुमार घिमिरेले
जानकारी दिए । गेलुमा करिब ५ सय भन्दा बढि भाइरल ज्वरोका विरामी रहेका छन् ।

स्वास्थ्य केन्द्रमा रगत परिक्षण गर्ने प्रयोगशाला नभएका कारण विरामीको लक्षणको आधारमा
औषधि दिइएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्य केन्द्रका इन्चार्ज घिमिरेले भने —“दैनिक एक
सयको हाराहारीमा विरामी स्वास्थ्य केन्द्रमा आउँदा बेड नपुगेर भुइमा राखेर उपचार गरिएको छ ।” स्वास्थ्य
चौकिका अनुसार विरामी बढ्दै जादाँ अति आवश्यक औषधिको अभाव हुने सक्ने भएकाले जिल्ला अस्पताललाई जानकारी
गराइएको छ ।

पेट्रोलियम पदार्थको अभावले निजी सवारी साधन चल्न
नसक्दा विरामीहरुलाई सदरमुकाम मन्थलीसम्म ल्याउन नसकिएको स्थानीयको भनाइ छ । भाइरल ज्वारोवाट
बृद्धबृद्धा र बालबालिका निकै प्रभावित भएका छन् । विद्यार्थीहरुमा समेत ज्वरो आएपछि पठनपाठन प्रभावित
हुन थालेको स्थानीय शिक्षक प्रल्लाद खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई