२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

शिविर संचालन गरि विरामीको उपचार सूरु

१८ आश्विन २०७२, सोमबार ०७:४९

प्रज्वल पौडेल । असोज १८, रामेछाप । रामेछापको गेलु गाविसमा फैलिएको भाइरल
ज्वरोका विरामीलाई उपचार गर्न सोमबारबाट सूरु गरिएको छ ।

गेलु
प्राथमिक स्वास्थ्य केन्द्रले शिविर संचालन गरेर १ सय ५५ जना भाइरल ज्वरोका विरामीको उपचार गरेको हो ।
विरामीहरु बढ्दै जान थालेपछि स्वास्थ्यकर्मीहरु औषधि लिएर घरघरमा गएका छन् । एउटै घरका ३÷४ जना सम्म
विरामी भएपछि अस्पताल जान नसकेको स्थानीयहरुले बताएका छन् । गेलु गाविसका सिक्राल, घुर्पाङका भाइरल
प्रभावितहरुलाई औषधि सहित स्वास्थ्य सल्लाह दिएको गेलु स्वास्थ्य केन्द्रका इन्चार्ज राजकुमार घिमिरेले
जानकारी दिए । गेलुमा करिब ५ सय भन्दा बढि भाइरल ज्वरोका विरामी रहेका छन् ।

स्वास्थ्य केन्द्रमा रगत परिक्षण गर्ने प्रयोगशाला नभएका कारण विरामीको लक्षणको आधारमा
औषधि दिइएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्य केन्द्रका इन्चार्ज घिमिरेले भने —“दैनिक एक
सयको हाराहारीमा विरामी स्वास्थ्य केन्द्रमा आउँदा बेड नपुगेर भुइमा राखेर उपचार गरिएको छ ।” स्वास्थ्य
चौकिका अनुसार विरामी बढ्दै जादाँ अति आवश्यक औषधिको अभाव हुने सक्ने भएकाले जिल्ला अस्पताललाई जानकारी
गराइएको छ ।

पेट्रोलियम पदार्थको अभावले निजी सवारी साधन चल्न
नसक्दा विरामीहरुलाई सदरमुकाम मन्थलीसम्म ल्याउन नसकिएको स्थानीयको भनाइ छ । भाइरल ज्वारोवाट
बृद्धबृद्धा र बालबालिका निकै प्रभावित भएका छन् । विद्यार्थीहरुमा समेत ज्वरो आएपछि पठनपाठन प्रभावित
हुन थालेको स्थानीय शिक्षक प्रल्लाद खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ