2026-09-01 03:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्रदेश ५ को स्थायी राजधानी कपिलवस्तुमा बनाउन प्रयास

चैत २७, जीतपुर । कपिलवस्तुका राजमार्गस्थित तीन स्थानीय तहका प्रमुखले प्रदेश नं ५ को स्थायी राजधानी बन्ने भएमा उपयुक्त जग्गा उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जनाएका छन् । राजधानी कपिलवस्तु बनाउनका लागि सञ्चालित अभियानको अगुवाइमा बु्द्धभूमिको गोरुसिंँगेमा भएको छलफलमा सहभाागी कपिलवस्तुका सबै तहका प्रमुख उपप्रमुखसहितको छलफलमा उनीहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । प्रदेश राजधानीका लागि रुपन्देही र दाङबीच लामो समयदेखि विवाद हुँदै आएको छ । 

नगर प्रमुखहरु शिवराज नगरपालिकाका नेत्रराज अधिकारी, वाणगङ्गाका मङ्गलप्रसाद थारु र बुद्धभूमिका  केशवकुमार श्रेष्ठले प्रदेशका भौतिक संरचना बनाउन कपिलवस्तुमा पर्याप्त जग्गा भएको बताउँदै आफूहरु ‘प्रदेश राजधानी’लाई जग्गा दिन आतुर  रहेको स्पष्ट पारे । छलफल कार्यक्रममा शिवराजका प्रमुख अधिकारीले चन्द्रौटा वन कार्यलयको पश्चिममा कुनै रुखविरुवा नभएको राजमार्गको उत्तरपट्टिको २५० देखि ३०० बिघा जमीन रहेको र त्यहाँ प्रदेशका विभिन्न मन्त्रालय, निर्देशनालय र विभागसहितका उद्यान  आदि बनाउन पर्याप्त हुने बताए । 

वाणगङ्गा प्रमुख थारुले मधुवन धाममा रहेको १५० देखि २०० बिघा जग्गा अहिल्यै दिन सकिने स्पष्ट पार्दै वाणगङ्गा नदी उकासको जग्गा अधिग्रहण गर्ने हो भने तीन हजार बिघा बढी जग्गा सहजै उपलब्ध हुने बताए ।  बुद्धभूमिका प्रमुख श्रेष्ठले नेपाल सरकारले बुद्धभूमि नगरपालिकाका लागि बुडढीस्थित राजमार्ग चौराहाको हनुमान चोक आसपासमा उपलब्ध गराएको  करीब एक हजार बिघा  जमीन प्रदेश राजधानीले लिँदा आफूहरुलाई स्वीकार्य हुने बताए ।

त्यस्तै महाराजगञ्जका प्रमुख अब्दुल कलामले राजधानी राजमार्गमा रहँदा सबैलाई पायक पर्ने भएकाले तीन नगरपालिकाअन्तर्गत जहाँ उपयुक्त हुन्छ त्यहीँ राख्न प्रदेशसभालाई अनुरोध गरे । छलफलमा सहभागी कपिलवस्तु नगरपालिकाका कावा प्रमुख लक्ष्मी गुप्ता कसौधनले प्राचीन कपिलवस्तुको तिलौराकोट कपिलवस्तु जिल्लामा नै रहेकाले त्यहीँ नै राजधानी हुनुपर्ने तर्क गर्दै तौलिहवा आसपासमा पर्याप्त जमीनको अभााव रहेकाले राजमार्ग आसपासमा राख्नुपर्ने विचार राखे ।

त्यस्तै वाणगङ्गाका उपप्रमुख चक्रपाणि अर्यालले कपिलवस्तुका सबै स्थानीय तहवाट जे जस्तो स्रोतसाधन आवश्यक हुन्छ त्यो उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । यसरी विभिन्न स्थानीय तहका प्रमुखबाट स्थायी राजधानीका लागि ठूलो परिमाणमा जग्गा उपलब्ध गराइने प्रतिबद्धतासँगै आगामी वैशाख ४ गते बृहत् छलफल आयोजना गर्ने निर्णय भएको  राजधानी अभियानका सचिव गीता अञ्जानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो