2026-09-13 10:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिवराज नगरपालिका खुल्ला दिसा मुक्त घोषणा

माधव बेल्वासे | चैत्र २७, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका भित्र ११ हजार ४ सय ५४ शौचालय बनेपछी नगरपालिकालाई खुल्ला दिसामुक्त नगरपालिका घोषणा गरिएको छ । वुधवार नगरपालिकाले चन्द्रौटामा एक कार्यक्रम आयोजना गरी खुल्ला दिसा मुक्त घोषणा गरेको हो । कार्यक्रम हुनुपुर्व तामझामका साथ सास्कृति कार्यक्रम,वाजा गाजा रयाली सहित चन्द्रौटा वजार परिक्रम गरीएको थियो ।

“शिवराज नगरपालिकाको स्वभिमान खुल्ला दिसा मुक्त अभियान” भन्ने नारा सहित नगरपालिकालाई नगरप्रमुख नेत्रराज अधिकारीले खुल्ला दिसा मुक्त घोषणा गर्नुभएको हो । अधिकारीले सरसफाई क्षेत्रमा शौचालय निमार्ण र प्रयोग पहिलो पाइला रहेको जिकिर गर्नुभयो । एक घर एक शौचालय निमार्णको लागी अभियान संचालन गरेर सफला प्राप्त गरेको जनाउनुभयो ।

नगरपालिकामा रहेका ११ वटा वडा मध्ये ३ वटा वडा पहिलानै खुल्ला दिसा मुक्त घोषणा भएका थिए । अभियान संचालन पश्चात नगरका ८ वटा वडालाई खुल्ला दिसा मुक्त घोषणा गरिएको प्रमुख अधिकारीले वताउनुभयो । अभियानका क्रममा हस्ताक्षर अभियान,लोटा खोस्ने,अभिमुखीकरण कार्यक्रम,सचेतना सम्वन्धि गोष्ठी,नाटक प्रर्दशन लगाएतका कार्यक्रमहरु गरेको अधिकारीले जनाउनुभयो ।

नगर प्रमुख अधिकारीले शिवराज नगरपालिकालाई पुर्ण सरसफाई नगर बनाउने,सुरक्षीत खानेपानीको पहुच बनाउने,बालमैत्री स्थानिय शासन युक्त नगरपालिका बनाउने योजना अघि सार्नुभयो । अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनमा शत प्रतिशत घरमा शौचालय निमार्ण गरेको उल्लेख गरिएको छ ।

कार्यक्रममा प्रदेश न ५ का प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले नगरपालिकालाई खुल्ला दिसा मुक्त घोषणा गरेकोमा धन्यवाद दिनुभयो । अझै पनि शौचालय निमार्ण र प्रयोग गर्नुपर्छ भनेर सिकाउनु लाजमर्दाे कुरा भएको भन्दै आम नागरिक सचेत हुनुपर्ने वताउनुभयो । सांसद केसीले शौचालय निमार्ण र प्रयोग बारे नगरपालिकाले समय समयमा अनुगमन गर्नुपर्ने वताउनुभयो । खुल्ला दिसा मुक्त घोषणा गर्दैमा सरसफाई अभियान पुरा नहुने भन्दै यस अभियान नरोक्न नगरपालिकाको ध्यानर्कषण गराउनुभयो ।

सरकारको सुखी नेपाली समृद्ध नेपाल नारालाई स्थानिय सरकार र प्रदेश सरकारले आत्मसाथ गर्दै विकास र समृद्धमा कुनै कसुर वाकि राख्न नहुने वताउनुभयो । कपिलवस्तुको हुलाकी सडक कालोपत्रेको लागी टेण्डरको प्रकृया वढेको भन्दै अव गाउ गाउमा विकासले गति लिने दावी गर्नुभयो ।

कार्यक्रममा वोल्ने अन्य वक्तहरुले सरसफाई स्वास्थ्यको लागीको विषय रहेका भन्दै नगरपालिकाले पुर्ण सरसफाई तथा स्वच्छ खानेपानीको लागी नया योजना ल्याउनुपर्ने वताएका छन ।कार्यक्रम मार्फत सहयोग गर्ने सरोकारवालाहरुलाई सम्मान पत्रले सम्मान गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वव्य समितिका सभापती नारायण खनाल,युनिसेफका वास अफिसर रोकश मलि,सरसफाई दुत महादेव पोख्रेल,शिक्षक टिकाराम पाण्डे,शिव सुवेदी,मानवअधिकारकर्मी विष्णु खतिवडा,पत्रकार पार्वती पाण्डे लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन