2026-10-31 02:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिवराज नगरपालिका खुल्ला दिसा मुक्त घोषणा

माधव बेल्वासे | चैत्र २७, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका भित्र ११ हजार ४ सय ५४ शौचालय बनेपछी नगरपालिकालाई खुल्ला दिसामुक्त नगरपालिका घोषणा गरिएको छ । वुधवार नगरपालिकाले चन्द्रौटामा एक कार्यक्रम आयोजना गरी खुल्ला दिसा मुक्त घोषणा गरेको हो । कार्यक्रम हुनुपुर्व तामझामका साथ सास्कृति कार्यक्रम,वाजा गाजा रयाली सहित चन्द्रौटा वजार परिक्रम गरीएको थियो ।

“शिवराज नगरपालिकाको स्वभिमान खुल्ला दिसा मुक्त अभियान” भन्ने नारा सहित नगरपालिकालाई नगरप्रमुख नेत्रराज अधिकारीले खुल्ला दिसा मुक्त घोषणा गर्नुभएको हो । अधिकारीले सरसफाई क्षेत्रमा शौचालय निमार्ण र प्रयोग पहिलो पाइला रहेको जिकिर गर्नुभयो । एक घर एक शौचालय निमार्णको लागी अभियान संचालन गरेर सफला प्राप्त गरेको जनाउनुभयो ।

नगरपालिकामा रहेका ११ वटा वडा मध्ये ३ वटा वडा पहिलानै खुल्ला दिसा मुक्त घोषणा भएका थिए । अभियान संचालन पश्चात नगरका ८ वटा वडालाई खुल्ला दिसा मुक्त घोषणा गरिएको प्रमुख अधिकारीले वताउनुभयो । अभियानका क्रममा हस्ताक्षर अभियान,लोटा खोस्ने,अभिमुखीकरण कार्यक्रम,सचेतना सम्वन्धि गोष्ठी,नाटक प्रर्दशन लगाएतका कार्यक्रमहरु गरेको अधिकारीले जनाउनुभयो ।

नगर प्रमुख अधिकारीले शिवराज नगरपालिकालाई पुर्ण सरसफाई नगर बनाउने,सुरक्षीत खानेपानीको पहुच बनाउने,बालमैत्री स्थानिय शासन युक्त नगरपालिका बनाउने योजना अघि सार्नुभयो । अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनमा शत प्रतिशत घरमा शौचालय निमार्ण गरेको उल्लेख गरिएको छ ।

कार्यक्रममा प्रदेश न ५ का प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले नगरपालिकालाई खुल्ला दिसा मुक्त घोषणा गरेकोमा धन्यवाद दिनुभयो । अझै पनि शौचालय निमार्ण र प्रयोग गर्नुपर्छ भनेर सिकाउनु लाजमर्दाे कुरा भएको भन्दै आम नागरिक सचेत हुनुपर्ने वताउनुभयो । सांसद केसीले शौचालय निमार्ण र प्रयोग बारे नगरपालिकाले समय समयमा अनुगमन गर्नुपर्ने वताउनुभयो । खुल्ला दिसा मुक्त घोषणा गर्दैमा सरसफाई अभियान पुरा नहुने भन्दै यस अभियान नरोक्न नगरपालिकाको ध्यानर्कषण गराउनुभयो ।

सरकारको सुखी नेपाली समृद्ध नेपाल नारालाई स्थानिय सरकार र प्रदेश सरकारले आत्मसाथ गर्दै विकास र समृद्धमा कुनै कसुर वाकि राख्न नहुने वताउनुभयो । कपिलवस्तुको हुलाकी सडक कालोपत्रेको लागी टेण्डरको प्रकृया वढेको भन्दै अव गाउ गाउमा विकासले गति लिने दावी गर्नुभयो ।

कार्यक्रममा वोल्ने अन्य वक्तहरुले सरसफाई स्वास्थ्यको लागीको विषय रहेका भन्दै नगरपालिकाले पुर्ण सरसफाई तथा स्वच्छ खानेपानीको लागी नया योजना ल्याउनुपर्ने वताएका छन ।कार्यक्रम मार्फत सहयोग गर्ने सरोकारवालाहरुलाई सम्मान पत्रले सम्मान गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वव्य समितिका सभापती नारायण खनाल,युनिसेफका वास अफिसर रोकश मलि,सरसफाई दुत महादेव पोख्रेल,शिक्षक टिकाराम पाण्डे,शिव सुवेदी,मानवअधिकारकर्मी विष्णु खतिवडा,पत्रकार पार्वती पाण्डे लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलका दुवै खेल रद्द, चार टोलीलाई १–१ अंक बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ