2026-06-28 07:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

तेस्रो पाँचथर गोल्डकपको उपाधि मोरङलाई

2019-04-15

 कमल घिमिरे।बैशाख२।पाँचथर,पाँचथरको फिदिममा सम्पन्न तेस्रो सँस्करणको पाँचथर गोल्डकपको उपाधि डिएफसी मोरङले हात पारेको छ ।

स्थानिय फिदिम माविको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा दार्जिलिङ युनाइटेड भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै मोरङले उपाधि चुमेको हो ।

 खेलको ८ औ मिनेटमा मोरङका हेमन्त थापा मगरको गोलले अग्रता लिएको थियो । तर मोरङको अग्रता लामो समय टिक्न सकेन । खेलको ३७ औ मिनेटमा दार्जिलिङका करन राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५२ औ मिनेटमा उत्कृष्ट गोल गर्दै मोरङका अरमाण्ड भिदुमले खेल २–१ को अबस्थामा ल्याएका थिए भने खेलको ५६ औ मिनेटमा मोरङका संजोग राईले थप एक गोल गर्दै खेल ३–१ को अवस्थामा पुर्याएका थिए । त्यस पछि दुबै तर्फबाट गोल हुन नसक्दा मोरङ ३–१ले विजयी हुँदै नगद ४ लाख रुपैयाँ ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्दै च्याम्पीयन बन्यो भने दार्जिलिङले नगद २ लाख ट्रफि,मेडल र प्रमाणपत्र पायो । प्रतियोगीता का उत्कृष्ट खेलाडी मोरङका विक्रम लिम्बु भए । लिम्बुले टिभिएस को स्कुटर प्राप्त गरेका छन् ।

उत्कृष्ट गोलकिपर मोरङका दिनेश थापा, उत्कृष्ट डिफेन्डर दाजीलिङका दिवस लिम्बू, मिल्डफिल्डर दार्जीलिङकै वाङदेन तामाङ, उत्कृष्ट स्ट्राइकर मोरङका संजोग राई, सर्वाधिक गोलकर्ता मोरङका आरमान भिदुन, राइजिङ प्लेयर आयोजकका  हेमन्त दर्नाल, उत्कृष्ट प्रशिक्षक मोरङका याकुव राई घोषित भए ।उनीहरु सबैले जनही १०/१० हजार हात पारेको आयोजक संस्थाका महासचिव योगराज सेढाईले वताउनुभयो ।

पाँचथर क्लबको आयोजनामा सम्पन्न प्रतियोगिता चैत २३ देखि सुरु भएको थियो । प्रतियोगितामा दुई ए डिभिजन क्लबसहित १० टोलीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी