२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

विद्यार्थीको आकर्षण बन्दै सामुदायिक विद्यालय

४ बैशाख २०७६, बुधबार ०४:१३

वैशाख ४, तनहुँ (रासस) | नयाँ शैक्षिकसत्र शुरु भएसँगै जिल्लाका सामुदायिक विद्यालयमा भर्ना हुनका लागि विद्यार्थी आकर्षित भएका छन् । शैक्षिकस्तर राम्रो भएका सदरमुकाम दमौली आसपासका सामुदायिक विद्यालयमा भर्ना हुनका लागि विद्यार्थी आकर्षित भएका हुन् ।

जिल्लाकै नमूना विद्यालयको रुपमा स्थापित जिल्लादेखि केन्द्रीयस्तरसम्म राम्रो छवि बनाउन सफल सत्यवती माविमा भर्ना गराउनका लागि यतिखेर भीड बढेको छ । उक्त विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएकाले विद्यालयमा भर्ना गर्नेको चाप बढेको बताउनुभयो ।

विद्यालयबाट गुणस्तर शिक्षा प्रदान, प्राविधिक शिक्षा, कम्प्युटर शिक्षा, ल्याव, पुस्तकालय, नयाँ–नयाँ प्रविधि, पूर्वाधारलगायतका सुविधाले गर्दा विद्यालयमा भर्ना हुन विद्यार्थीको आकर्षण बढेको हो । उहाँले भन्नुभयो, “विद्यार्थी सङ्ख्या वृद्धि गर्नेभन्दा पनि घटाउने तयारी भएकाले प्रवेश परीक्षाको व्यवस्था गरेका छाँै ।” नमूना विद्यालयको मापदण्डअनुरुप विद्यार्थी भर्ना गरिनेछ, उहाँले भन्नुभयो, “शिक्षा विधेयकबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीका लागि राम्रा विषयमा अध्यापन निःशुल्क र छुटको व्यवस्था रहेकाले निजी विद्यालयका विद्यार्थी बढी आकर्षित हुने गरेका छन् ।

निजी विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीले राम्रा विषय अध्ययन गर्नका लागि ठूलो रकम खर्च गर्नुपर्ने हुँदा निजी विद्यालयमा अध्ययनरत विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुनका लागि बढी मात्रामा आउने गरेको उहाँले बताउनुभयो ।

“विद्यालयमा आवश्यकभन्दा बढी बालबालिका भर्ना गराउन आएका छन्, तर सबैलाई भर्ना गर्न सकिँदैन”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारीले भन्नुभयो, “त्यसैले बालबालिका छनोट गर्न प्रवेश परीक्षाको व्यवस्था मिलाएका छौं ।” जिल्लाकै नमूना विद्यालयको रुपमा स्थापित उक्त विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । गत वर्षहरुमा जिल्लाकै उत्कृष्ट रहेको उक्त विद्यालय तीनपटक पश्चिमाञ्चल उत्कृष्ट भएको थियो ।

झन्डै दुई हजार ७०० बालबालिका अध्ययनरत उक्त विद्यालयमा वर्षैपिच्छे भर्नाका लागि बालबालिकाको भीड बढ्ने गरेको छ ।

निजी विद्यालयको तुलनामा गुणस्तर शिक्षाको साथै कम खर्चिलो हुने भएकाले सामुदायिक विद्यालय सत्यवती माविमा आफ्ना छोरालाई पढाउँदै आएको व्यास–१ निवासी तिलकुमारी कोइरालाले बताउनुभयो ।  निजी विद्यालयको भन्दा बढी गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयले समेत प्रदान गर्न थालेपछि आफू सामुदायिक विद्यालयतर्फ आकर्षित भएको कक्षा ६ का सन्देश नेपालीले बताउनुभयो । 

त्यस्तै गत वर्ष नमूना विद्यालय छनोटमा परेको व्यास–१ स्थित निर्मल माध्यमिक विद्यालयमा पनि गत वर्षको तुलनामा यस वर्ष विद्यार्थी भर्ना हुन आउने सङ्ख्या बढी रहेको छ । उक्त विद्यालयका प्रधानाध्यापक गणेश बस्नेतले अहिले दैनिक २०० को हाराहारीमा विद्यार्थी भर्ना हुन आउने गरेको बताउनुभयो ।

शैक्षिक गुणस्तर, अङ्ग्रेजी नेपाली दुवै भाषामा पठनपाठन, व्यवस्थापकीय, शान्ता वातावरण, विद्यार्थी अभिभावकबीच छलफल र अन्तरक्रिया, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्था, कक्षा ११ र १२ मा कानून शिक्षा, सिटीइभिटीबाट सम्बन्धन प्राप्त गरी सिभिल इञ्जिनीयरिङ शिक्षालगायतका कारणले गर्दा विद्यार्थी भर्ना हुन आकर्षित हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य