२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

मन्थली नगरकपमा मन्थली युनाइटेड विजयी

३० आश्विन २०७२, शनिबार ०७:५१

ramechhap news

प्रज्वल पौडेल । असोज ३०, रामेछाप । रामेछाप जिल्लामा नगरपालिका घोषणा भएपछि
सबैभन्दा ठूलो पुरस्कार राशि रहेको प्रथम मन्थली नगरकप फूटबल प्रतियोगितामा मन्थली युनाइटेड समाज मन्थली
विजयी भएको छ ।

मन्थली खेल मैदानमा शनिबार भएको फाइनल खेलमा
दोलखाको चरिकोट सिटीलाई १–० ले हराउँदै मन्थली युनाइटेड विजयी भएको हो । मन्थली युनाइटेडका सन्तोष
चौधरीले खेलको पहिलो हाफमा गोल गरेका थिए । अर्को खेलमा शान्तिदीप युवा क्लव मन्थलीलाई २–० ले पराजित
गर्दै रमाइलो शिसिमूनि क्लव धुलिखेल काभ्रे तेश्रो भएको छ । ४ जिल्लाका १८ वटा समुहले भाग लिएको उक्त
खेलमा प्रथम, द्वितिय र तृतिय हुने समुहले क्रमश नगद ५० हजार, ३० हजार र २० हजार पुरस्कार प्राप्त गरेका
छन् ।

खेलमा शिसिमुनि युवा क्लव धुलीखेलका युमन श्रेष्ठले
सर्वा्धिक गोलकर्ता, चरिकोट सिटीका रमेश भुजेल उत्कृष्ट गोल रक्षक, मन्थली युनाइटेडका सन्तोष चौधरी
उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलमा उत्कुष्ट ३ समुहलाई नगद पुरस्कारका साथै सिल्ड, मेडल र
प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद एक हजारका साथै ट्रफि र प्रमाणपत्र
प्राप्त गरेका छन् । विजयी खेलाडीलाई समापन समारोहका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शेषनारायण
पौडेल लगायतले पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । दीपशिखा ब्वाइज युनाइटेड क्लवको
आयोजनामा भएको सो प्रतियोगितालाइ मन्थली नगरपालिका लगायतको आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समिति
रामेछापको प्राविधिक सहयोग गरेको थियो ।

manthali nagarkup

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली