२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

मन्थली नगरकपमा मन्थली युनाइटेड विजयी

२०७२, ३० आश्विन शनिबार ०७:५१

ramechhap news

प्रज्वल पौडेल । असोज ३०, रामेछाप । रामेछाप जिल्लामा नगरपालिका घोषणा भएपछि
सबैभन्दा ठूलो पुरस्कार राशि रहेको प्रथम मन्थली नगरकप फूटबल प्रतियोगितामा मन्थली युनाइटेड समाज मन्थली
विजयी भएको छ ।

मन्थली खेल मैदानमा शनिबार भएको फाइनल खेलमा
दोलखाको चरिकोट सिटीलाई १–० ले हराउँदै मन्थली युनाइटेड विजयी भएको हो । मन्थली युनाइटेडका सन्तोष
चौधरीले खेलको पहिलो हाफमा गोल गरेका थिए । अर्को खेलमा शान्तिदीप युवा क्लव मन्थलीलाई २–० ले पराजित
गर्दै रमाइलो शिसिमूनि क्लव धुलिखेल काभ्रे तेश्रो भएको छ । ४ जिल्लाका १८ वटा समुहले भाग लिएको उक्त
खेलमा प्रथम, द्वितिय र तृतिय हुने समुहले क्रमश नगद ५० हजार, ३० हजार र २० हजार पुरस्कार प्राप्त गरेका
छन् ।

खेलमा शिसिमुनि युवा क्लव धुलीखेलका युमन श्रेष्ठले
सर्वा्धिक गोलकर्ता, चरिकोट सिटीका रमेश भुजेल उत्कृष्ट गोल रक्षक, मन्थली युनाइटेडका सन्तोष चौधरी
उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलमा उत्कुष्ट ३ समुहलाई नगद पुरस्कारका साथै सिल्ड, मेडल र
प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद एक हजारका साथै ट्रफि र प्रमाणपत्र
प्राप्त गरेका छन् । विजयी खेलाडीलाई समापन समारोहका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शेषनारायण
पौडेल लगायतले पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । दीपशिखा ब्वाइज युनाइटेड क्लवको
आयोजनामा भएको सो प्रतियोगितालाइ मन्थली नगरपालिका लगायतको आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समिति
रामेछापको प्राविधिक सहयोग गरेको थियो ।

manthali nagarkup

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह