2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

सदरमुकाम मन्थलीको होटलमा आगलागी

प्रज्वल पौडेल/कात्तिक १२, रामेछाप । रामेछापको सदरमुकाम मन्थली देवकोटा
चोकको एक होटलमा बुधबार दिउँसो आगोलागी भएको छ ।

मन्थली बजारको
देवकोटा चोक नजिकै रहेको भुवनहरी (दीपक) प्रसाईँको घरमा रहेको एसएस भोजनालयमा दिउँसो करिब २:१५ बजेतिर
आगो लागेको हो । खानापकाउने ग्यासको अभाव भएपछि होटल संचालकले छतको खुल्ला ठाउँमा भान्सा बनाएका थिए ।
सोही स्थानमा राखेको दाउराबाट एक्कासी आगो सल्किएको थियो ।

आगो
सल्किएपछि चुल्होको नजिकै रहेका पmर्निचर, दाउरा र पाइप जलेका छन् । आगलागि भएपछि एकैपटक ठूलो धुवाँको
मुस्लो निस्किएका स्थानीयले देखेपछि वरिपरि रहेका युवा जम्मा भएर पानी हालेर आगो निभाएका छन्

आगो फैलिन नपाएको कारण सदरमुकाम मन्थली ठूलो आगलागि हुनबाट
जोगिएको छ । अर्को घरको छतमा पानीको ट्याङ्की भएका कारण समयमा नै आगो नियन्त्रणमा आएको कारण अन्य घरमा
सल्कन पाएन भने आगोलागीबाट ठूलो क्षति भएको छैन ।

जिल्लामा
अहिले सम्म एउटा पनि दमकल नभएकाले आगलागि भएको समयमा नियन्त्रण गर्ने साधनको अभाव छ । खाना पकाउने
ग्यासको अभाव भएपछि मन्थलीका अधिकांस होटल व्यवसायी, स्थानीय र कोठा भाडामा बस्ने व्यक्तिहरुले घरको छत
र खुल्ला स्थानमा खाना दाउरा बालेर खाना पकाउन बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई