२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

सदरमुकाम मन्थलीको होटलमा आगलागी

११ कार्तिक २०७२, बुधबार २१:३०

प्रज्वल पौडेल/कात्तिक १२, रामेछाप । रामेछापको सदरमुकाम मन्थली देवकोटा
चोकको एक होटलमा बुधबार दिउँसो आगोलागी भएको छ ।

मन्थली बजारको
देवकोटा चोक नजिकै रहेको भुवनहरी (दीपक) प्रसाईँको घरमा रहेको एसएस भोजनालयमा दिउँसो करिब २:१५ बजेतिर
आगो लागेको हो । खानापकाउने ग्यासको अभाव भएपछि होटल संचालकले छतको खुल्ला ठाउँमा भान्सा बनाएका थिए ।
सोही स्थानमा राखेको दाउराबाट एक्कासी आगो सल्किएको थियो ।

आगो
सल्किएपछि चुल्होको नजिकै रहेका पmर्निचर, दाउरा र पाइप जलेका छन् । आगलागि भएपछि एकैपटक ठूलो धुवाँको
मुस्लो निस्किएका स्थानीयले देखेपछि वरिपरि रहेका युवा जम्मा भएर पानी हालेर आगो निभाएका छन्

आगो फैलिन नपाएको कारण सदरमुकाम मन्थली ठूलो आगलागि हुनबाट
जोगिएको छ । अर्को घरको छतमा पानीको ट्याङ्की भएका कारण समयमा नै आगो नियन्त्रणमा आएको कारण अन्य घरमा
सल्कन पाएन भने आगोलागीबाट ठूलो क्षति भएको छैन ।

जिल्लामा
अहिले सम्म एउटा पनि दमकल नभएकाले आगलागि भएको समयमा नियन्त्रण गर्ने साधनको अभाव छ । खाना पकाउने
ग्यासको अभाव भएपछि मन्थलीका अधिकांस होटल व्यवसायी, स्थानीय र कोठा भाडामा बस्ने व्यक्तिहरुले घरको छत
र खुल्ला स्थानमा खाना दाउरा बालेर खाना पकाउन बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने