२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

राष्ट्रपति रनिङ शिल्ड एवं प्रथम मेयर कपमा गुरुङले भने ‘विकासको जग बसिसक्यो अब गतिलिन्छ’

२०७६, २७ बैशाख शुक्रबार १३:३२

महेन्द्र जिसी

पर्वत, २७ वैशाख । पर्वत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा विकासको जग बसीसकेको बताएका छन् । फलेवास नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड एवं प्रथम मेयर कप खेलकुद कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले संघीयता कार्यान्वयनको पहिलो वर्ष भएका कारण अनुभवको अभावमा केही अन्योल सृजना भएपनि पुर्वाधारको जग बसिसकेका कारण आगामी वर्ष देखी विकासको गतिले तिब्रता पाउने दाबी गरे ।




मुख्यमन्त्री गुरुङले तीन तहको सरकार सञ्चालन गर्न ऐन नीति र नियम बनाउनुपर्ने भएका कारण पहिलो वर्षमा देखिने गरी विकास हुन नसकेको बताउँदै ऐन नियम विधान सबै बनिसकेका कारण अबका वर्षमा विकासले गति लिने बताए ।


गुरुङले वाईपंखी घोडाको गतिमा गण्डकी प्रदेश अगाडी बढेको भन्दै अहिले सम्म प्रदेश सरकारले एक सय ४३ निित तथा कार्यक्रम बनाईसकेको बताए ।




मुख्यमन्त्रीले गण्डकी प्रदेश जलश्रोतको धनी प्रदेशमा विद्युतको पहुँचमा नपुगेका जनताको लागि कार्यक्रम बनाईएको र गण्डकी प्रदेशमा अझै दश प्रतिशत जनसंख्या खानेपानीको पहुँचमा नपुगेका कारण खानेपानी र विद्युतको क्षेत्रमा कार्यक्रम बनाएर लागु गर्न लागेको पनि जानकारी दिए ।


मानव जिवनमा स्वाथ्य महत्वपुर्ण भएको भन्दै मुख्यमन्त्री गुरुङले स्वाथ्य र शिक्षाका लागि प्रदेशले स्वाथ्य बिमा र शिक्षाका लागि गण्डकी प्रदेश स्तरीय प्राविधिक क्याम्पस सञ्चालनमा ल्याउने चरणमा रहको बताए ।


प्रदेशलाई चाहिने प्राविधि जनशक्ती तयार गर्न क्याम्पस सञ्चालनका लागि पहल भईरहेको बताउँदै उनले अब विकासको गतिलाई कसैले रोक्न नसक्ने बताए ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद पदम गिरीले यातायातमा रहेको सिन्डीकेट र अहिले भईरहेको जग्गा दलालीको अन्त्यमा सरकार लागि परिरहँदा अनर्गल प्रचार भईरहको बताए ।


कार्यक्रममा बोल्दै मेयर पदमपाणी शर्माले नगरपालिकाको खेलकुदको पहिचान र विकासका लागि नगरपालिका स्तरीय मेयरकपको सुरुआत गरेको बताए । शर्माले खेलकुदको विकासले राष्ट्रको विकास हुने भएकोले खेलप्रेमी युवाहरुको आग्रह र नगरपालिकाको सहयोगले नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एवं प्रथम मेयर कप खेलकुद कार्यक्रम सम्भव भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस