६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गरिमा विकास बैंकको बीरगञ्ज शाखा उद्घाटन

१ जेष्ठ २०७६, बुधबार ११:५७

जेठ १, बिरगंज | गरिमा विकास बैंक लिमिटेडले बुधबार बीरगञ्ज शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।  उक्त शाखा कार्यालयको उद्घाटन बीरगञ्ज महानगरपालिकाका मेयर श्री विजय कुमार सरावगीज्यूले गरेका हुन् । 

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष श्री चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्र बीरगञ्जमा आफ्नो उपस्थिति जनाएको र बीरगञ्ज शाखा बाट समेत देशका अन्य शाखाहरुबाट जस्तै उत्कृष्ट सेवा प्रदान गरिने बताए । त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकालले विकास बैंकले देशका सातवटै प्रदेशमा आफ्नो उपस्थिति जनाईसकेको र आगामी दिनमा समेत शाखा विस्तारको क्रमलाई तीव्रता दिने एवं ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने कार्यमा विकास बैंक सदैव प्रतिवद्ध रहेको जानकारी दिए । 

कार्यक्रममा नेपाल राष्ट्र बैंक बीरगञ्ज कार्यालयका निर्देशक श्री राजन बिक्रम थापा, बीरगञ्ज नगरपालिका वार्ड नं. ८ का वडाध्यक्ष श्री राजकिशोर गुप्ता, बीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष श्री गोपाल केडिया लगायतले आफ्नो मन्तव्य राखेका थिए ।   


काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३१ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ । 

विकास बैंकले आर्थिक बर्ष २०७५/७६ को त्रैश्रो त्रेमासको अन्तसम्ममा रु.३० अर्ब ३६ करोड निक्षेप संकलन गरी रु.२६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ । उक्त अवधिसम्ममा विकास बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या