२९ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार – हाउस किपिङ तालिमको पाठ्यक्रम

२ जेष्ठ २०७६, बिहीबार ११:४९

सास (काठमाडौँ) | वैदेशिक रोजगार विभागले २०७६ असार १५ गतेदेखि रोजगारमुलक सीप नसिकेका कामदारलाई श्रम स्वीकृति नदिने भएसँगै बैदेशिक रोजगारीमा जान चाहने युवाहरुले रोजगारमुलक सीप सिकाईको जानकारी लिन अत्यावश्यक देखिएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट गत बैशाख १६ गते स्वीकृत रोजगारमुलक सीप बिकास तालिम सञ्चालन कार्यविधि, २०७५ अनुसार विभागले आगामी असार १५ पछि वैदेशिक रोजगारमा जाने कामदारहरुका लागि सीपमूलक तालिम प्रमाण पत्र (स्किल सर्टिफिकेट) अनिवार्य गर्न लागेको हो । यो नीतिसँगै बैदेशिक रोजगारीमा जान चाहने युवायुवतीहरुले सुचीकृत तालिम प्रदायक संस्थाबाट तालिम लिनु अत्यावश्यक हुने भएको छ । 

सीपमूलक कामको लागि वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले श्रम स्वीकृति लिनु अघि बैदेशिक रोजगार बिभागबाट स्वीकृति प्राप्त तालिम प्रदायक संस्थाद्वारा दिइने सम्बन्धित विषयको तालिम लिएको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । कम्तीमा तीस कार्य दिन (कूल १६० घण्टा) को कोर्ष हुने तालिमका लागि प्रशिक्षार्थीहरूको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको बिद्युतीय हाजिरीको दैनिक अभिलेख राखी कडाई गरिनेछ ।

हाउस किपिङबारे जानकारी

बिभिन्न क्षेत्र जस्तै घर, होटल, कम्पनीहरुको सुरक्षित तथा छिटो छरितो ढंगले गरिने सरसफाईलाई हाउसकिपीङ भनिन्छ । यस कार्य गर्ने सम्बन्धित व्यक्त्तिलाई हाउसकिपिङ एटेन्डेन्ट भनिन्छ । हाउसकिपिङ एटेन्डेन्टलाई बिभिन्न क्षेत्र अनुसार फरक फरक नामहरु जस्तै हाउस किपर, क्लिनर, हाउसम्यान, रुम एटेन्डेन्ट आदि राखिएको हुन्छ । 

हाउसकिपिङ एटेन्डेन्टका बिभिन्न भूमिका र जिम्मेवारीहरु हुन्छन्, जुन जिम्मेवारीपुर्वक निभाउनु पर्ने हुन्छ । हाउसकिपिङ एटेन्डेन्टका मुख्य कामहरुमा पाहुनाकोठा सफा गर्ने, बेद मिलाउने, बाथरुम तथा झ्यालढोकाहरु सफा गर् मेशिन लगाउने, पार्किंग सफा गर्ने, पाहुनाको सेवा गर्ने आदि पर्दछन । होटलको नियम नीति अनुसार निर्धारित समयमा वफादारी भएर आफूलाई दीईएको काम र जिम्मेवारी पूर्ण रुपमा गर्नुपर्ने हुन्छ । 


होटलमा पाहुनाहरु आउने र जाने कार्य निरन्तर हुने हुँदा नियमित सरसफाई गर्नु आवश्यक छ जुन काम मुख्यत हाउसकिपिङ एटेन्डेन्टले गर्दछ । उदाहरणको लागि कुनै व्यक्ति कुनै पनि क्षेत्र होटल, कम्पनीमा प्रवेश गर्दा उसको पहिलो नजरनै सरसफाईमा पर्दछ । प्रवेशद्वारदेखि नै फोहोर भेटिएमा भित्र भेटिने व्यक्ति वा खाइने खाना जस्तोसुकै सफा भए पनि सुरुमा नै फोहोर भएकाले सो व्यक्तिलाई त्यस ठाउँमा आईराख्न मन नलाग्ने हुन्छ । पहिलो प्रभावनै अन्तिम प्रभाव (First impression is last impression) भनेझैं प्रवेशद्वारादेखि नै होटलको कुना-काप्चा सफा राख्नु पर्दछ ।

होटल क्षेत्रमा हाउसकिपिङलाई होटलको मुटुनै मानिन्छ । त्यसैले यस्तो व्यक्तिले आफूले पाएको जिम्मेवारी क्षेत्रमा मात्र नभई आफ्नो समेत सरसफाईमा अति ध्यान दिनुपर्ने हुन्छ । यस्तो काममा खट्ने व्यक्तिले सफा लुगा, सफा जुत्ता, नङ काटेको, नियमित नुहाएको, पुरुषले कपाल काटेको र महिलाले कपाल बाँधेको हुनुपर्छ । यसै गरि काम गर्दा पन्जा, होटलको पोशाक नियमित रुपमा लगाउने र धुने गर्नुपर्छ । व्यक्तिगत सफाईले आफैलाई पनि धेरै कुरामा आत्मबल बढाउनुको साथै आफ्नो स्वास्थ्यलाई समेत फाइदा पुर्याउँछ । 

पाठ्यक्रम तल हेर्नुहोस् वा यहाँ क्लिक गरि डाउनलोड गर्नुहोस् 

Download Size: 1.85 Mb


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ भक्तपुरको बिस्केट जात्राको आज दोस्रो दिन, भैरव र भद्रकालीको रथमा पूजाआजा नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका सबै वडा-वडामा इन्टरनेट सेवा पुर्‍याउँदै उद्योगमन्त्रीले नेपाली उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिलो बजार घरेलु बजार भएको बताए सेनाका अधिकृत क्याडेटलाई प्रधानमन्त्रीले खुकुरी प्रदान गरे