२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

स्वास्थ्य संस्थामा तत्काल औषधि पुर्याउने जिल्ला स्वास्थ्य कार्यालयको प्रतिबद्धता

१३ मंसिर २०७२, आईतवार ०४:३४

प्रज्वल पौडेल/मङ्सिर १३, रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले
मंसिर महिना भित्रै सरकारले निशुल्क दिने सबै औषधिहरु जिल्लाको सबै स्वास्थ्य संस्थाहरुमा पुर्णरुपमा
पु¥याउने प्रतिबद्धता जनाएको छ ।

रेडियो रामेछाप सामुदायीक एफ
एम ९५.८ मेगाहर्जले जिल्ला विकास समतिमा आयोजना गरेको कार्यक्रम साझा चासोमा स्वास्थ्य कार्यालयका
जनस्वास्थ्य निरिक्षक केशवराज फु्यालले यस्तो प्रतिबद्धता जनाएका छन् । उनले सरकारले बिरामीहरुलाई
निशुल्क बितरण गर्ने सबै औषधिहरु मङ्सिर मसान्त भित्रै सबै स्वास्थ्य सस्थाहरुमा पु¥याउने बताए

सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा
५८ र स्वास्थ्य चौकीहरुमा ४० प्रकारका औषधि विरामीलाई निशूल्क रुपमा वितरण गर्दै आएको छ ।

त्यस्तै कार्यक्रममा तामाकोसि सहकारी अस्पताल मन्थली रामेछापका अध्यक्ष
गोबिन्द घिमिरेले भुकम्पपछि रामेछापमा स्वास्थ्य क्षेत्रमा धेरै समस्या आएको बताएका छन् । उनले जिल्लाका
समस्याहरुलाई निराकरण गर्नका लागी संस्थाले नागरिकहरुको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राखेर प्रभावकारी
काम गरेको जानकारी दिए ।

उनले सरकारले सञ्ंचालन गरेका स्वास्थ्य
सस्थाहरु नागरिकका पहँच भन्दा बाहिर हुने गरेकाले यसका बारेमा पनि बिचार गरी स्वास्थ्य संस्थाहरुलाई
बस्ती केन्द्रित गराउनु पर्नेमा जोड दिए ।

त्यसैगरी आमा समूह
संजाल रामेछापकि सचिव सम्झना श्रेष्ठले महिलामा परेको समस्यालाइ कार्यलयमा आएर जानकारी गराए सहयोग गर्न
तयार रहेको बताइन् । उनले भुकम्पपछि स्थायी आवास नहँदा महिला बालबालिका समस्या परेकाले सरकारले गम्भीर
रुपमा सोचेर योजना अगाडि बढाउनुपर्ने धारणा राखिन् ।

कार्यक्रममा भुकम्पपछि रामेछाप जिल्लामा स्वास्थ्यको वर्तमान अवस्थाका बारेमा सहभागिहरुबाट
आएको सवालमा छलफल भएको थियो । गाउँका स्वास्थ्य चौकी पर्याप्त मात्रामा औषधि नहुँने, कर्मचारी नहुने
गरेको र स्वास्थ्य चौकी पनि नागरिकको पहँुच बाहिर रहेको बताएका छन् । कार्यक्रममा भुकम्पका कारण जस्ता र
पालका टहराको बसाईले बालबालिका, सुत्केरी गर्भवती महिला र बृद्धबृद्धाहरुमा परेको स्वास्थ्य समस्याहरुका
बारेमा छलफल भएको थियो ।

गएको वैशाख महिनाको १२, १३ र २९ गते
आएको विनाशकारी भुकम्पबाट रामेछापमा रहेका ५६ वटा स्वास्थ्य संस्थाहरु मध्ये २५ स्वास्थ्य संस्थाहरु
पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । जसमा जिल्ला अस्पताल रामेछाप, खिम्ति हेल्थ पोष्ट र २३ वटा
स्वास्थ्य चौकीहरु परेका छन् ।

त्यसैगरी २५ स्वास्थ्य
केन्द्रहरुमा आंशिक क्षति पुगेको छ भने ६ स्वास्थ्य केन्द्रमा कुनै क्षति भएको छ । जसमध्ये ८ वटा वर्थिङ
सेन्टरहरु पनि पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । अहिले ति स्वास्थ्य संस्थाहरु अस्थाई क्याम्पमुनि
स्वास्थ्य सेवा दिन बाध्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली