२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

लगातारको बन्दले बागलुङको जनजिवन कष्टप्रद बन्यो

१३ भाद्र २०७२, आईतवार १९:०३

कमल पौडेल । भदौ १४, बागलुङ (खर्वाङ) । लगातारको बन्दको मार खेपिरहेको बागलुङको जनजीवन कष्टप्रद भएको छ । शुरुका दुई दिन लगातार आदिवासी जनजाति महासंघको बन्द खेपेको बागलुङमा गत ५ दिनदेखी जिल्ला टुक्राइएको बिरोधमा अनिश्चितकालिन आमहड्ताल भएपछि जनजीवन कष्टकर बनेको हो । जिल्लाको पुर्वी भागलाई प्रदेश ४ र पश्चिम भागलाई प्रदेश ५ मा बिभाजन गरिएको बिरोधमा राजनीतिक दलहरुले आव्हान गरेको आम हड्तालका क्रममा जिल्ला सदरमुकाम र व्यापारिक केन्द्रहरुमा दैनिक प्रर्दशन गरिएको छ ।

यसै विच पहिलेका बन्दमा खासै असर नपर्ने खर्वाङ बजार यसपालीको वन्दमा भने पूर्ण रुपमा असर देखिएको छ । खासगरि आन्दोलनकारीले बागलुङको नाकाको रुपमा रहेका मालढुङ्गा र वामी टक्सार नाकालाई थप आन्दोलन शशक्तताको कडिको रुपमा लिएपछि खर्वाङ बजार आसपासको क्षेत्र प्रभावित भएको हो । बन्दको कारण आइतवार पनि शिक्षण संस्था, सरकारी कार्यालय, व्यावसाय, उद्योगधन्दा पूर्ण रुपमा वन्द भएका छन् । बन्दमा फाट्टफुट्ट पत्रकार तथा रेडक्रसका गाडिहरु मात्रै चलेका देखिन्थे । भने खर्वाङका स्थानिय व्यावसायी हरुले खर्वाङ भन्दा पश्चिमका क्षेत्र खुल्ला रहेको भन्दै आफुहरुले पनि व्यावसाय गर्न पाउनु पर्ने भन्दै वन्दकर्ता संग गुनासो पोखेका थिए ।

यसै विच आजदेखि देखि बन्द थप शसक्त हुने संकेत देखिएको छ । बुर्तिवाङ क्षेत्रमा ढोरपाटन मेलाको कारण ३ दिनको लागी खुलाइएको वन्द आज देखि समाप्त भएको र सोमवार मगरात राज्यको माग गर्दै जनजातीहरुको समेत वन्द रहेकोले बन्दको कारण सर्वसाधारणले थप सास्ती भोग्नु पर्ने देखिएको छ । लगातारको लामो वन्दको कारण विद्यार्थीहरुको पठनपाठनमा नकरात्मक असर पर्ने भन्दै वन्दको विकल्प खोज्न सरोकारवालाले आग्रह समेत गरेका छन् ।

यसै विच नेपाल मगर संघ दगातुन्डाडाले सोमवार दगातुन्डाडा का सम्पूर्ण शिक्षण संस्था, व्यापार व्यावसाय वन्द गरि सहयोग गरिदिन सम्वन्धित सवैमा आग्रह गरेको छ । पहिचान सहितको संघियताको माग गर्दै आएको मगरसंघले भोली सम्पूर्ण सरकारी कार्यालय लगाएत वन्द गर्ने नेपाल मगरसंघ दगातुन्डाडाका अध्यक्ष टंक भुजेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान