भदौ १७, वाग्लुङ/ नेष्डो सुचना विभाग÷नेपाल पत्रकार महासंघ, पर्वतका पुर्व अध्यक्ष, नेपाल प्रेस युनिएनका केन्द्रिय पार्षद एवम् रेडियो शालिकराम १००.६ मेगाहर्जका स्टेशन मेनेजर ओम प्रसाद घायलका स्वर्गिय पिता महेश्वर उपाध्यायको दुखद निधनको आज सातौ पुण्य तिथिका अवसरमा नेष्डो नेपालद्वारा आयोजित श्रद्धान्जली एवम् समवेदना कार्यक्रम वुधवार पयुँपाटा–३, खोलाखेतमा सम्पन्न भयो ।
कार्यक्रममा वोल्दै नेष्डो नेपालका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली एवम् शोकाकुल परिजनजनमा हार्दिक समावेदन व्यक्त गर्दै वाचुन्जेल खेलेको भुमिका, आफ्नो सन्ततीलाई सहि मार्गदर्शन र संरक्षकत्वले दिवंगत भए पश्चात पनि सवैले सम्मान गर्ने वताउनु भयो ।
कार्यक्रम कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईको अध्यक्षता एवम् सुचना व्यवस्थापन अधिकृत ओम्ना क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
सञ्चारकर्मी घायलका पिता महेश्वर उपाध्यायको गत भाद्र १० गतेका दिन ७७ वर्षको उमेरमा असमायिक निधन भएको थियो ।