कमल पौडेल/भदौ १७, बागलुङ । सिमाङ्कन गर्दा बागलुङ जिल्ला लाई अवैज्ञानिक ढंगले टुक्राइएको भन्दै बिहिबार मानव साङ्लो बनाएर विरोध गरिएको छ ।
विरोधको क्रममा जिल्लाको पश्चिम मध्यभाग खर्वाङ पनि मानव साङ्लो सहित र्याली र कोण सभा सम्पन्न भएको छ । गाउँगाउँ वाट आएका सर्वसाधारणले अखण्ड बागलुङको माग गर्दै हातमा हात मिलाएर खर्वाङ बजारलाई घेरेका थिए । भने बागलुङ टुक्राउन पाईदैन, दाङ हामि गइदैन लगाएतका नारा लगाएका थिय ।
र्याली पछिको कोण सभामा बोल्ने बक्ताहरुले जातिय तथा साँस्कृतिक रुपमा देशलाई विभाजन गर्ने षड्यन्त्र भैरहेको भन्दै सचेत रहन सवैमा आग्रह गरेका थिए । सिमांकन गर्दा बाग्लुङलाइ टुक्राएको विरुद्धमा विभिन्न चरणमा आन्दोलन जारि रहेको छ ।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला कार्यसमितिका आमन्त्रीत सदस्य डालेश्वर भुसाल, नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य विष्णु भुसाल, राष्ट्रिय जनमोर्चाका बोम वहादुर थापा, महिलाहरुको तर्फवाट शान्ति अधिकारी लगाएतले बोल्नुभएको थियो । कार्यक्रम नेपाली काग्रेस दगातुन्डाडाका सचिव तेज वहादुर अर्यालको संचालनमा सम्पन्न भएको थियो ।
यस्तै ग्वालीचौरमा पनि मानव साङ्लो र्याली निकालिएको छ । र्याली पछिको कोण सभामा नेपाली काग्रेसका जिल्ला सदस्य हरिदत्त आचार्य, एमाले जिल्ला सदस्य हिरामणि आचार्य, राट्रिय जनमोर्चा जिल्ला सदस्य खगेन्द्र श्रीस, दलित अगुवा प्रेम लाल वि.क. महिला अगुवा सुमित्रा आचार्य लगाएतले बोलेका थिए ।