३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सामुदायीक वन जिविको पार्जनमा जोडिनु पर्ने महासंघ अध्यक्षको भनाई

२४ भाद्र २०७२, बिहीबार ०७:३९

कमल पौडेल/भदौ २४, बागलुङ । सामुदायीक वन उपभोक्ता महासंघ बागलुङका अध्यक्ष प्रेम लामिछानेले सामुदायीक वनलाई जिविको पार्जन संग जोड्नु पर्ने वताउनु भएको छ ।

आज बागलुङको रिघामा रहेको मिलन सामुदायीक वन उपभोक्ता समुहको साधारण सभालाई सम्बोधन गर्दै लामिछानेले सामुदायीक वनवाट आय आर्जनका कृयाकलाप गर्न सकिने र हरेक उपभोक्तालाई उत्पादन संग जोड्न सकिने भएकोले त्यस तर्फ अग्रसर हुन उपभोक्ताहरुलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रमममा सामुदायीक वन उपभोक्ता महासंघ खर्वाङ एरियाका महासचिव ढालेन्द्र शेरचन, इलाका वन कार्यालय खर्वाङका मुकेश कुमार गुप्ता, धौलागिरि सामुदायीक विकास केन्द्र बागलुङका समिर पुन लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष रण वहादुर राना, पूर्व अध्यक्षहरु नर वहादुर घर्तिर देवकला सिंजालीलाई सम्मान गरिएको थियो । भेलाले हर्क वहादुर सिंजालीको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समितिको पनि गठन गरेको छ ।

जसको उपाध्यक्षमा खिम वहादुर विक, सचिवमा प्रमिला श्रीस, सहसचिव यम वहादुर राना, कोषाध्यक्ष जित वहादुर श्रीस, सदस्य भिमा साही, जुन माया थापा, रत्ना रामजाली, मोतिकला भुजेल, सारदा सिंजाली र सुमन श्रीस रहनु भएको छ ।

कार्यक्रममा अध्यक्ष डम्वर श्रीसले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष नारायण घर्तिले २ लाख ४२ हजार वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम अध्यक्ष डम्वर श्रीसको अध्यक्षता, उपाध्यक्ष यम वहादुर सिंजालीको स्वागत मन्तव्य तथा सदस्य श्याम श्रीसको संचालनमा सम्पन्न भएको थियो ।

रिघा गाविसको वार्ड नं. ४, ५, ७ र ८ मा कुल १९.२४ हेक्टर क्षेत्र फलमा फैलिएको सो सामुदायीक वनले जिविको पार्जन सम्वन्धि कार्यक्रम पनि संचालन गर्दै आएको छ । गत आर्थिक वर्ष देखि सो सामुदायीक वनले दुना टपरी उद्योग संचालनमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली