२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बोहरागाउँमा तिज विशेष कार्यक्रम सुरु

३० भाद्र २०७२, बुधबार २१:१२

photo 1कृष्ण कँडेल । भदौ ३१, बागलुङ । वृहस्पती युवा क्लव बोहरागाउँ कानबगरको पहिलो बार्षिकोत्सव तथा ३ दिने तिज विशेष कार्यक्रम सुरु भएको छ ।

तिजगित प्रतियोगिता, भलिवल प्रतियोगिता, नृत्य प्रतियोगिता लगायतका विविध कार्यक्रमहरु आयोजना गरिएको तिज विशेष कार्यक्रमको वुधबार कानबगरमा उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चल भालिवल संघका सल्लाहकार एवं ईमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपालीले तिज महिलाहरुको अधिकार र स्वतन्त्रतासँग जोडिएको चाड भएको बताउनुभयो । अध्यक्ष नेपालीले तिजको मौलिकतालाई बचाउँदै महिला सचेतना बृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले पहिल्लो समय तिज भड्किलो भएको भन्दै विकृति र भड्किलोपन हटाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बुतिबाङ्ग बस व्यवसायि समितिका अध्यक्ष चन्द्रलाल अर्याल, समाजसेवि रामप्रसाद आचार्य, पत्रकार लोकेन्द्र सुनार लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा चार जना ज्यष्ठ नागरिकलाई जनहि १ हजार सहित सम्मान गरिएको थियो भने गत बर्षको प्रवेशिका परिक्षा एसएलसीमा निसी, बोहरागाउँ र देविस्थान गाविसबाट प्रथम हुने तिन जना विद्यार्थीलाईपनि सम्मान गरिएको थियो । एकजना अपाङ्गगता भएका व्यक्तिलाई पनि नगद १ हजार ५ सय रुपैयाँ सहित सम्मान गरिएको क्लवले जनाएको छ । भोलीसम्म चल्ने कार्यक्रम उद्घाटनको अवसरमा स्थानिय पहिला समुह, आमा समुह लगायतले तिजगित तथा नृत्य प्र्र्रश्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि देवकुमार नेपालीले स्थानिय विभिन्न संघसस्थाहरुलाई २ लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गर्नुभएको थियो । उहाँले कार्यक्रमको आयोजक वृहस्पती युवा क्लवलाई नगद ८० हजार, जन मावि बोहरागाउँलाई एक जना शिक्षकको तलव एक बर्षको तलवको लागि मासिक ६ हजारका दरले ७२ हजार, विद्यालयको भौतिक सुधारम खर्च गर्ने गरि २५ हजार, बोहरागाउँ महिला विकाश समितिलाई १० हजार, स्थानिय झिम्पा आमा समुहलाई ५ हजार र प्रवेशिका उतिर्ण विद्यार्थी सम्मान, ज्यष्ठ नागरिक सम्मान, अपाङ्गता सम्मान लगायतको लागि १० हजार ५ सय रुपैयाँ प्रदान गर्नुभएको हो ।

रकम प्रदान गर्दै अध्यक्ष नेपालीले दुर्गम क्षेत्रको विकाशमा सहयोग पु¥याउने उदेश्यले रकम प्रदान गरेको बातउनुभयो । उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष नवराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली