३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

संविधान निर्माण संगै खर्वाङमा उर्लियो जनसागर

३ आश्विन २०७२, आईतवार ०७:४९

Udghatan

कमल पौडेल । असोज-३, बागलुङ (खर्वाङ) । नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य मना कुमारी केसिले संविधानको निर्माण संगै राज्य अव विकास तर्फ लम्किने वताउनु भएको छ । राष्ट्रिय जन साँस्कृतिक महासंघ दगातुन्डाडाले खर्वाङमा आयोजना गरेको रजत महोत्सवको उद्घाटन गर्दै केसिले बागलुङ क्षेत्र लाई एकतावद्ध वनाउन पहल गर्ने सम्पूर्णलाई धन्यवाद तथा वधाई व्यक्त गर्नुभएको छ। कार्यक्रममा सम्बोधन गर्दै केसिले जिल्ला भित्र भएका सम्पूर्ण प्राकृतिक श्रोतहरुको उपयोगका लागी अव आफुहरु लाग्ने समेत वताउनु भयो ।

kharwang

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य विष्णु भुसालले संविधान जारी हुनेकुरा ऐतिहासिक कुरा भएको भन्दै राजनैतिक दलले चाहेमा मुलुक परिवर्तन गर्न सक्ने प्रमाणित गरेको वताउनु भएको छ । हजारौंको सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघ बागलुङका अध्यक्ष एवं लोक दोहोरी गित प्रतिष्ठान बागलुङका अध्यक्ष पूर्ण परियार तथा राष्ट्रिय लोक दोहोरी गायीका शान्तिश्री परियार ले आफ्ना गित मार्फत सवैलाई नचाएका थिय । महोत्सवकै अवसमा आयोजना गरिएको खुल्ला तिजिगित तथा नृत्य प्रतियोगीतामा भिमगिठे उच्च माध्यमिक विद्यालय भिमगिठे प्रथम, ताराखसे युवा परिवार वामी ८, मालारानी गुल्मी द्धितिय, तथा आदर्श एकेडेमी भिमगिठे तृतिय भएका छन् भने उत्कृष्ट गाएनको पुरस्कार पौदीटारी निमावि ग्वालीचौरले हात पारेको छ ।

कार्यक्रममा जनसाँस्कृतिक मञ्च संग सम्वद्ध विभिन्न व्याक्तित्व, कलाकार, सहयोगदाता लगाएतलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम अध्यक्ष लक्ष्मण वरालको अध्यक्षता, उपाध्यक्ष खगिश्वर अर्याल (विष्णु) को स्वागत मन्तव्य तथा सचिव कमल पौडेल र सदस्य देउमाया रानाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली