कमल पौडेल/ असोज ५, बागलुङ (खर्वाङ) । दगातुन्डाडा गाविसको वार्ड नं. ९ सक्न्यारमा वार्ड भेला सम्पन्न भएको छ । भेलाले वार्ड भित्र मोटरवाटो निर्माण गर्दा भएको झण्डै २० लाख रकम मध्य अझै चार लाख ७८ हजार ऋण रहेको पारित गरेको छ । त्यस्तै मोटर वाटो वर्षाको समयमा कतिपय स्थानमा भत्किएको र वाटो ले समेत क्षेति पुगेको स्थानको लागी जिल्ला भू संरक्षण कार्यालयमा सम्झौता गर्ने गर्ने र जाली माग गरि मर्मत गर्ने निर्णय गरेको छ । जसको लागी अध्यक्ष झगर सिंह सलामी र ढालेन्द्र शेरचनलाई जिम्मा दिने निर्णय गरेको छ । त्यस्तै वार्ड भित्रको प्रत्येक घर परिवारवाट २ हजारका दरले नगद जम्मा गरी मोटरवाटो मर्मत गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै एक अर्को भेलाले दगातुन्डाडा पर्यटकिय पदमार्ग निर्माण गर्नको लागी समिति गठन गरेको छ । समितिको अध्यक्षमा प्रेम पुन, उपाध्यक्षमा भक्त वहादुर बलामी, सचिव ढाल प्रसाद शेरचन, सहसचिव वालकृष्ण भुसाल, कोषाध्यक्ष द्रोपति पुन, तथा सदस्यहरुमा लोके सुनार, कलावति पुन, अमृता श्रीस, विना वुढाथोकी रहनु भएको छ । त्यस्तै भेलाले भक्त वहादुर सलामीको संयोजकत्वमा ५ सदस्यिय अनुगमन समिति पनि गठन गरेको छ । जसको सदस्यमा झगरसिंह सलामी, सदस्य मन वहादुर थापा, हिरालाल घर्ति, धन वहादुर श्रीस रहनु भएको छ ।