३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

चर्चामा डुँडेलेक (फोटोफिचर)

२१ आश्विन २०७२, बिहीबार २१:१८

dude lek8 copy

कृष्ण कँडेल/असोज २२, गलकोट । बागलुङ्गकै अग्लो हुन सक्ने दावि गरिएको डुँडेलेकको अध्ययन सुरु गरिएको छ । डुँडेलेक बागलुङ्गको तारा, रणसिंहकिटेनी, खुङ्गा र म्याग्दीको रुम गाविसको विचमा पर्ने अग्लो पहाड हो ।

बागलुङ्गको पाण्डवखानी र तमान गाविस चाहिँ लेकको नजिकैको दुरीमा पर्ने स्थानियले वताएका छन । लेक प्राकृतिक तथा धार्मिक रुपमा निकै महत्वपुर्ण रहेको स्थानियको भनाईइ छ । गुगल म्यापले डुँडेलेकको उचाई समुद्र सतहबाट ३ हजार ५ सय मिटर रहेको देखाएको छ । लेकको चुचुरो भन्दा आधा घण्टा तल रहेको स्थानमा शिव मन्दिर रहेको छ । मन्दिरमा श्रद्धाभक्तिपुर्वक पुजाआजा गरेमा मनोकाङक्षा पुग्ने धार्मिक विश्वास रहेको छ ।

dude lek7 copy

लेकसँग सम्वन्धित विभिन्न पक्षहरुको अध्ययनको काम बागलुङ्गको तारा–२ मा रहेको मिर्मिरे युवा क्लवले अध्ययन समिति नै सुरु गरेको हो । समितिको पहलमा एक अध्ययन भ्रमण टोली गत शनिवार डुँडेलेक पुगेको थियो । समितिका संयोजक मनबहादुर रोकाको नेतृत्वमा लेकको चुचुरोसम्म पुगेको अध्ययन भ्रमण टोलीले चुचुरोमै डुँडेलेकको सम्भावना सम्वन्धि अन्तरक्रिया र लोकदोहोरी गित प्रश्तुत गरिएको थियो ।

dude lek6 copy

सो अवसरमा गत जेठमा गठन गरिएको अध्ययन समितिको पहिलो वैठकपनि लेकको चुचुरोमै गरिएको थियो । वैठकले लेकको सम्भावनाको बारेमा अध्ययन भ्रमण गर्न र समितिलाई सुझाव दिन विभिन्न संघसंस्थाहरुलाई आग्रह गरिएको छ । वैठकले लेकको सम्भावनाको खोजी, प्रचारप्रसार र पर्यटकिय पुर्वाधार विकाशको लागि सिमा जोडिएका बागलुङ्ग र म्याग्दी जिल्लाका ४ ओटै गाविसको प्रतिनिधित्व हुने गरि मुल समिति गठन गरेर काम अघि बढाउने निर्णय गरेको संयोजक रोकाले जानकारी दिनुभयो ।

dude lek5 copy

पहिले ४ ओटै गाविसमा गाविस स्तरिय समिति गठन गर्ने र गाविस स्तरिय समितिको संयोजनमा भेलाको आयोजना गरि मुल समिति गठन गरिने सिप युवा क्लव तारा–२ का अध्यक्ष कुमार रोकाले जानकारी दिनुयो । वैठकले शिव मन्दिरलाई थपव व्यवस्थीत गर्ने तथा मन्दिरमा रहेका मुर्ति लगायतका सामग्रीको सुरक्षाको व्यवस्था गर्न पहल गर्ने निर्णय गरेको छ । अध्ययन भ्रमणमा ५२ जनाको सहमागीता रहेको थियो । अध्ययन भ्रमणको कार्यक्रम सम्वन्धि सहकर्मी खगेन्द्र विश्वकर्माले संकलन गर्नुभएको फोटोफिचर ।

dude lek3 copy dude lek4 copy dude lek2 copy dude lek1 copy dude lek copy

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली