२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

असला माछाको मुल्य प्रतिकिलो ५ हजार

१९ कार्तिक २०७२, बिहीबार ०२:१४

कात्र्तिक १९, बाग्लुङ । बागलुङको दरमखोलामा पाइने असला माछा सुकाएर बेच्दा प्रतिकिलो रु. पाँच हजारमा बिक्री हुने गरेको छ । आलो माछाको मूल्य भने प्रतिकिलो रु पाँच सय रहेको छ । दुई वर्षअघि रु तीन हजार पर्ने ‘सुकुटी माछा’को मूल्य अहिले बढेर रु पाँच हजार पुगेको हो । सुकेको माछाको माग र रोजाइृ बढेपछि मूल्य पनि बढेको हो ।

asala fish
छुट्टिमा नेपाल आएकाले जापान लगायतका मुलुकमा जाँदा सुकुटी लिएर जाने प्रचलन नै बसेको छ । विदेशमा रहेका आफन्तलाई पठाउने आकर्षक कोसेली पनि सुकेको माछा बन्ने गरेको छ । गाउँमा भन्दा विदेश लैजानेले महङ्गो मूल्य तिरेर माछा किन्ने गरेको मल्म–६ आँगाखेतका व्यवसायी बाबुराम केसीले बताउनुभयो ।

“सुकाएको माछाको माग अत्याधिक छ,”उहाँले भन्नुभयो– “जापानमा बाहेक काठमाडौँ, पोखरासम्म पुग्ने गरेको छ ।” स्वादका हिसावले असला माछा ग्राहकको रोजाईमा पर्ने गरेको व्यवसायीको भनाइ छ । दरमखोलाको माछा यस क्षेत्रमै प्रख्यात छ । पासा थापेर र जाल हानेर मारेका माछालाई व्यवसायीले आलै र सुकुटी बनाएर बेच्ने गरेका छन् । जिल्लाको मल्म र काँडेबास क्षेत्रमा मात्रै दैनिक ५० जनाभन्दा बढी व्यक्तिले माछा मार्ने गर्छन् । माछा मार्ने व्यक्ति केहीले आफँै सोझै उपभोक्तालाई बेच्ने गर्छन् भने केहीले कम मुनाफा राखेर अर्को व्यवसायीलाई बेच्ने गरेका छन् । सुकेको माछाको माग बढ्दै गएपछि मूल्य पनि वृद्धि हुँदै गएको हो ।

दसैँ मान्न घर आउनुभएका मल्म–६ का प्रशान्त थापाले जापान फर्कँदा सुकुटी माछा लैजान किनेर जोहो गरिसकेको बताउनुभयो । जापानमा दरमखोलाको माछा सबैका लागि महत्वको ‘चीज’ बन्ने गरेको उहाँको भनाइ छ ।

स्थानीय उपभोक्ता तथा होटल–रेष्टुराँमा जाने ग्राहकका लागि पनि माछा रोजाईमा पर्ने गरेको मल्म–७ बाँस्खोलाका व्यवसायी मनराज रानाले बताउनुभयो । माछा मार्न सकियो भने बिक्रीको लागि कुनै समस्या छैन उहाँले भन्नुभयो ।

खोलामा बम हान्न, विष हाल्न र विद्युतीय शक्ति लगाएर माछा मार्न प्रतिबन्ध लगाइएको छ । स्थानीय प्रशासनले पनि अनाधिकृतरुपमा माछा मार्ने कार्यलाई रोक्न निगरानी बढाएको छ ।

दरमखोला आसपासका क्षेत्रमा बसोबास गर्ने कतिपय परिवारको जीविका माछा मार्ने रहेको छ । माछा मार्ने र माछाका परिकार उपलब्ध गराउने होटल–रेष्टुराँका व्यवसायीले पर्याप्त आम्दानी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल