३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गलकोटमा धान उत्पादन बढ्यो

४ मंसिर २०७२, शुक्रबार २१:१८

कृष्ण कँडेल/ मंसिर ५, गलकोट । बागलुङको गलकोट क्षेत्रमा यो बर्ष धान उत्पादन बढेको छ । गत बर्ष भन्दा यस बर्ष धान उत्पादन बढेको किसानहरुले बताएका छन । कुल ७ सय ४४ दशमलव ५ हेक्टर क्षेत्रफलमा धान खेति गरिने गलकोटमा गतबर्षको तुलनामा यस बर्ष १ प्रतिशतले उत्पादन बढेको हो । गलकोटमा यो वर्ष १ हजार ५ सय ७५ दशमलव ८७ मिट्रिकटन धान फलेको कृषि सेवा केन्द्र हरिचौरका प्रमुख राजुप्रसाद शर्माले जानकारी दिनुभयो ।

गत बर्ष गलकोटमा १ हजार ५ सय ६० दशमलव २७ मेट्रिकटन धान उत्पादन भएको थियो । अनुकुल मौसम, आकाशे पानी प्रयाप्त परेका कारण सिञ्चाई पुगेको, रोगकिराको आक्रमण कम भएको लागयतका कारण उत्पादन बढेको शर्माको भनाई छ । गलकोट क्षेत्रमा किसानहरुले स्थानियजातका जौधान, भट्टेधान, ठुलोधान, गौरिया धान, रेशली धान लगाउने गरेका छन ।

पछिल्लो समयमा भने उन्नत जातका राधा–७, राधा–११, खुमल–४, पोखरेली जस्ता धान रोप्ने गरेका छन । गलकोटको हरिचौर, मल्म, हटिया गविसमा धान खेती बढी मात्रामा हुने गरेको छ । त्यस्ते नरेठाँटी, दुदिलाभाटी काँडेवास, पाण्डावखानी, तारा, हिल अर्गल लगायतका गलकोटका सम्पुर्ण गाविसको तल्लो भागमा समेत धान खेती गरिन्छ । यसैविषयमा हामीले यस बर्ष धान उत्पादन कस्तो रह्यो ? भनेर
किसानहरुलाई सोधेका छौँ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली